प्रधानमन्त्री ओलीले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि सभामुखलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।

सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचे मंगलबार बिहानै छलफल भएको थियो । छलफलपछि सभामुख महारालाई राजीनामा दिन निर्देशन दिनुभएको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभएको छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...