औं‌ठी र तिलहरी लुट्न महिलालाई यस्तो गरे, ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् ।

तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले हत्याको स्वीकार गरेका छन् ।

एक अनुसन्धान अधिकृतले भने ‘लुट्ने नै उद्देश्यले हत्या गरेको देखिन्छ, महिलासँग एउटा तिलहरी र चार वटा औंठी रहेछ, पक्राउ परेकाहरुबाट औंठी पनि बरामद भएको छ ।’ प्रहरीले पक्राउ परेकाहरुको साथबाट ४५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

ती अनुसन्धान अधिकृतका अनुसार सुरुमा अभियुक्तहरुले महिलालाई वियरमा नशालु पदार्थ मिसाएर खुवाएका थितए । ‘तर त्यसले काम नगरेपछि मुख थुनेर हात बाँधेर र घाँटी च्यापेर हत्या गरेको देखिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...