ज्ञानेन्द्रको राम धुलाईपछि युरोपबाट योगेश भट्टराईले के भने



हाम्रो इकोनोमि

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको विमानभित्र पर्यटन मन्त्री योगेश भट्टराईलाई रामधुलाई गरेको भन्दै यूटूवमा भिडियो अपलोड गरेका ज्ञानेन्द्र शाहीलाई गत शनिबार चितवनमा आक्रमणमा परी घाइते भएको विषयमा यूरोप भ्रमणमा रहेका पर्यटन मन्त्री भट्टराईले मुख खोलेका छन् ।

मन्त्री भट्टराईले क्यानडाको मुख्य शहर टोरन्टोमा नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै कसैलेपनि अराजकता मच्चाउन नहुने बताएका छन् । ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणका विषयमा उनी आफूले सामाजिक सञ्जालबाट जानकारी पाएको भन्दै कसैमाथि पनि कसैले अराजक शैलिमा आक्रमणमा उत्रन नहुने धारणा राखेका छन् ।

मन्त्री भट्टराईले शाहीमाथि आक्रमण प्रति संकेत गर्दै भने–‘लोकतन्त्रवादीहरुले अराजकतावादको घुँडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनमात्र हो । चढ्ने बेला जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेला झन जोखिम ।’

प्रतिक्रिया दिनुहोस
भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...