मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षभित्र सकिने



हाम्रो इकोनोमि

 

मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार ठेक्का सम्झौता भएको छ । १२ महिनामा काम सक्ने गरी मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ८५ करोड एक लाख ९४ हजार चार ५८ रुपैयाँमा लिएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । यससँगै १० महिनादेखि रोकिएको आयोजनाको काम सुरु हुने भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।

सिनो हाइड्रोले आगामी २६ गतेबाट काम थाल्ने भएको छ । त्यसका लागि उसले ठेक्का सम्झौता हुनुभन्दा अघि नै फिल्ड भिजिटसमेत गरिसकेको छ । ‘कम्पनीले यसअघि नै फिल्ड भिजिट गरिसकेको छ,’ खत्रीले भने, ‘२६ गतेबाट काम सुरु हुन्छ ।’

 

हेडवक्र्सको ठेक्का सम्झौता केही दिनमा 
सिनो हाइड्रोले करिब ९० करोड रुपैयाँमा हेडवक्र्स निर्माणको ठेक्कासमेत पाइसकेको छ । तर, आइतबार हेडवक्र्स निर्माणको ठेक्का सम्झौता भएन । समितिका अनुसार केही दिनभित्रै यससम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी छ । ‘हामी हेडवक्र्सको सम्झौता गर्न तयारी हालतमा छौँ । कम्पनीको तयारी नपुगेकाले सम्झौता नभएको हो,’ खत्रीले भने, ‘कम्पनीलाई हेडवक्र्सको सम्झौता चाँडै गर्न ताकेता गरेका छौँ । एक–दुई दिनभित्रै सम्झौता भइसक्छ ।’

 

काठमाडौंमा मेलम्चीको पानी झार्न सुरुङ फिनिसिङको काम सकिन आवश्यक रहेकाले पहिलो प्राथमिकता सुरुङलाई दिइएको समितिले जनाएको छ । पानी काठमाडौं ल्याइसकेपछि पनि हेडवक्र्स निर्माणको काम गर्न सकिने समितिको भनाइ छ । ‘सुरुङ फिनिसिङ हुनेबित्तिकै काठमाडौंमा पानी ल्याउन सकिन्छ । हाम्रो पहिलो प्राथमिकता सुरुङकै काममा छ,’ खत्रीले भने, ‘हेडवक्र्सको काम सुरुङ फिनिसिङको कामसँगै अघि बढाउने योजना छ । पानी काठमाडौं ल्याइसके पनि पनि हेडवक्र्सको काम गर्न सकिन्छ ।’

 

काम चाँडो सके बोनस, ढिला गरे फाइन 
समितिसँगको सम्झौताअनुसार साढे ६ महिनामै सुरुङ फिनिसिङको काम सके सिनो हाइड्रोले दैनिक ठेक्का रकमको ०. १५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार बोनस पाउनेछ । तर, ठेक्का सम्झौताको अवधि १२ महिनासम्म पनि काम नसके सिनो हाइड्रोले फाइन तिर्नुपर्ने खत्रीले जानकारी दिए ।

‘सम्झौता अवधिभन्दा अघि काम सके दैनिक ०.१५ प्रतिशत बोनस पाउने र ढिला भए दैनिक त्यति नै दरमा फाइन तिर्नुपर्ने सम्झौता भएको छ,’ खत्रीले भने । सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । सोही कारण चाँडो काम सके बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता भएको बताइएको छ ।

 

२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका आठ टेन्डरसमेत भइसकेका छन् । काम छोडेर हिँडेको सिएमसीले अर्डर गरेका सामान आइसकेको र त्यही सामान प्रयोग गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समितिका अनुसार मेलम्चीकै लागि भनेर अर्डर गरिएका सामान भएकाले तिनै सामान प्रयोग गर्न लागिएको नयाँपत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...