शिक्षामन्त्री हटाउन को को लागे गोप्य योजनामा



हाम्रो इकोनोमि

 

तोकिएको भन्दा बढी शिक्षण शुल्क लिने मेडिकल कलेजलाई एक महिनाभित्र फिर्ता गर्न सरकारले निर्देशन दिएपछि मेडिकल कलेज माफियाहरु अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई हटाउन लागिरहेको बताइएको छ ।

तोकिएको समयमा बढी शिक्षण शुल्क लिने मडिकल कलेजले शुल्क फिर्ता नगरेर कारबाही गर्ने चेतावनी दिँदै आएको मन्त्री पोखरेललाई निजी मेडिकल कलेजका सञ्चालकहरुले हटाउनेसम्मको खेल खेलेको बताइन्छ ।

निजी मेडिकल कलेज सञ्चालकहरु सरकारले तोकेभन्दा प्रतिव्यक्ति सात लाख रुपैयाँभन्दा बढी शुल्क असुलिरहेको बताउँदै उनीहरुले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षा मन्त्री नै हटाउने सार्वजनिक रुपमै धम्की दिएका छन् ।

एसोशिएसन अफ प्राइभेट मेडिकल तथा डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले सरकारले भने अनुसार आफूहरु शुल्क फिर्ता गर्ने र तोकेको शुल्कमा भर्ना लिन पनि नसक्ने बताए । अन्सारीले सरकारले तोकेको शुल्कमा सरकार आफैँले पढाएर देखाउन पनि चेतावनी दिए ।

एसोशिएसनका सचिव समेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले बढी शुल्क लिएको स्वकार गर्छन । उनी भन्छन्–विश्वविद्यालय डिनकै सल्लाहमा हामीले विल काटेर शुल्क लिइरहेका छौ । हामी उक्त शुल्क फिर्ता गर्ने पक्षमा छैनौ । हामीले भनेअनुसार नभए शिक्षा मन्त्री पोखरेलालई हटाइदिन्छौं ।

त्यस्तै अन्सारी र शर्मासँगै काठमाडौं विश्वविद्यालयहरु प्रक्रियानै नपुगेका कलेजहरुलाई सम्बन्धन दिएको भनेर विवादमा तानिएको विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान कार्की, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनौडिया लगायतका एक दर्जन निजी मेडिकल कलेजका सञ्चालकहरुले रकम उठाएरै भएपनि शिक्षा मन्त्री पोखरेललाई हटाउन विभिन्न शक्ति केन्द्रहरु धाइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...