चीनको बेइजिङमा नेपालको हिमालय एयरलाइन्सले पायो स्लट



हाम्रो इकोनोमि

 

सारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ ।

चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । डाक्सिङमा दैनिक एक उडान गर्ने गरी स्लट प्राप्त भएको उनले बताए ।

कम्पनीले करिब एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको छ । हिमालयले चीनमा उडान बिस्तार गर्न सके त्यो नेपाली कम्पनीको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनेछ । चीनमा नेपाल एयरलाइन्सले उडान विस्तारको योजना बनाए पनि तालिका सार्वजनिक गरिसकेको छैन । उता, चीनबाट भने नेपालमा ५ वटा कम्पनीले उडान गर्छन् ।

हिमालयले नयाँ जहाज ए ३१९ जहाज थप्दैछ । १ सय २८ सिट क्षमताको उक्त जहाजबाट कम्पनीले बेइजिङमा उडान गर्ने भएको छ । काठमाडौंबाट करिब साढे ४ घण्टाको उडानमा जहाज बेइजिङ पुग्नेछ ।

मलेसियामा पुनः उडान शुरु गर्ने

मलेसियाको रोजगारी खुलेसँगै हिमालय एयरलाइन्सले मलेसियामा उडान विस्तार गर्ने भएको छ । मलेसियामा यस अघि नै उडान गरेको कम्पनीले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो ।

हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ । मे ३१ २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।

चीनको बेइजिङसहित ल्हासा, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान बिस्तारको योजना रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...