पर्यटन दिवसमा यस्ता तीन नयाँ गन्तब्य घोषणा



हाम्रो इकोनोमि

 

पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ०ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो ।

धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत प्रवद्र्धन गरिन्छ ।

विश्व पर्यटन दिवसका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले तीन वटै गन्तब्यका प्रतिनिधिलाई शुक्रबार नयाँ गन्तब्यको प्रमाणपत्र प्रदान गरे । हरेक वर्ष नयाँ–नयाँ गन्तब्य बिस्तारका क्रममा यी गाउँ छनोट गरिएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले जानकारी दिए ।

यस वर्ष छानिएका तीन नयाँ गन्तब्य

चालिस ९रुबीभ्याली गाउँपालिका० स् धादिङ

फापरखेत ९काठेखोला गाउँपालिका० स् बागलुङ

धुन्सा ९फक्ताङलुङ गाउँपालिका० स् ताप्लेजुङ

शुक्रबार विश्वभर पर्यटन दिवस मनाइदैछ । ‘टुरिज्म एण्ड जब–ए बेटर फूचर फर अल’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइदैछ । यस अवसरमा नेपालमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संघ–संस्थाको सहभागितामा शुक्रबार विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्ष २०२० को लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पर्यटन दिवसको अवसरमा विभिन्न नाकाबाट प्रवेश गरेका पर्यटकलाई स्वागत गर्ने तथा होटेल र रिसोर्टहरुमा छूट सुविधा दिने गरिन्छ । मन्त्रालयले रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दिगो र उल्लेखनिय स्रोतका रुपमा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना भइरहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नविनतम गन्तब्य पहिचान, पूर्वाधार विकास र गन्तब्यको संरक्षण–संवद्र्धनमा ध्यान दिनेसमेत उल्लेख गरेका छन् । पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटनको दिगो र सहभागितामुलुक विकासका लागि प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...