आजदेखि नयाँ नोट वितरण सुरु, उपत्यकासहित यी ठाउँमा साट्न पाइन्छ



हाम्रो इकोनोमि

 

सर्वसाधारणलाई लक्षित गरेर यो वर्षको दशैं तिहारका लागि नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)देखि नयाँ नोट वितरण गर्ने सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सर्वसाधारणलाई आजबाट नयाँ नोट वितरण गर्न सुरु गरिएको बताए ।

त्यस्तै अन्य बैंक र वीत्तीय संस्थाले पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।अहिलेसम्म बैंकको थापाथली कार्यालयबाट नोट सटही सुविधा दिँदै आएकोमा यसपटक भवन निर्माणकार्य भइरहेकोले थापाथलीको सट्टा राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाटै सटही सुविधा हुने प्रवक्ता निरौलाले जानकारी दिए ।

गत वर्ष प्रतिव्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिइएकोमा यो वर्ष भने प्रतिव्यक्ति १८ हजार पाँच सय मात्र उपलब्ध गराईने भएको छ । ५, १०, २०, ५० र १०० दरका एकएक बण्डल उपलब्ध गराईने छ । बैंकले नयाँ नोट सटही निरुत्साहित गर्न खोजेकोले गत वर्षभन्दा यो वर्ष कम दिन लागिएको प्रवक्ता निरौलाको भनाई छ ।

राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नयाँ नोट सटही हुने जानकारी दिएको छ । जसअनुसार नेपाल बैंकका न्यूरोड, किर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही हुनेछ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही सुविधा लिन सकिनेछ । त्यस्तै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ । उपत्यका बाहिर विरागनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्र्धाथनगर, नेपालगञ्ज र धनगढी क्षेत्रय कार्यलयबाट पनि सटहि सुविधान दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...