चीनले बनायो विश्वको सबैभन्दा ठूलो विमानस्थल



हाम्रो इकोनोमि

 

चीनले ११ अर्ब अमेरिकी डलर खर्च गरेर चार वर्षमा निर्माण गरेको विशाल विमानस्थल बुधबारदेखि खुला गरेको छ । देशको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चीनका राष्ट्रपति सी जिङपिङले बुधबार नयाँ ‘ड्याक्सिङ इन्टरनेसनल एअरपोर्ट’ को औपचारिक उद्घाटन गरेका हुन् । यो नयाँ विमानस्थल ९८ ओटा फुटबल मैदान जत्रो रहेको छ ।  यो विमानस्थल ‘स्टारफिस’ आकारको छ ।

७ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै ठूलो टर्मिनलयुक्त विमानस्थल भएको चाइना डेलीले जनाएको छ । विमानस्थल परिषद अनुसार बेइजिङको यो विमानस्थल विश्वकै व्यस्त एटलान्टापछि दोस्रो नम्बरमा पर्छ । नयाँ विमानस्थलले बेइजिङ क्यापिटल इन्टरनेशनल विमानस्थलमाथि परेको चाप घट्ने विश्वाससमेत गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार पहिलो उडान ‘चाइना सदर्न एअरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङ विमानस्थलका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...