अघोर बाबाको डिमाण्ड- पचास करोड दिनेसँग बिहे गर्छु’



 

रा’जन घिमिरे काठमाडौंको मु’टु मानिने ला’जिम्पाटमा ज’न्मेर त्यही से’रोफेरोमा हु’र्केका हुन् उनी । नि’कै शा’नसौकत र ए’कप्रकारले आ’लिसान जीवन नै भो’गे किशोर वयमा उनले । स्कू’लकालदेखि नै उ’द्दण्ड स्वभा’वका पनि थिए उनी । आज पनि ला’जिम्पाट क्षेत्रका पुराना वा’सिन्दाले उनको नाम आउँदा सा’नोतिनो फ’टाहा र गु’ण्डाकै रूपमा चिन्छन् उनलाई । ‘हो’टलमा खायो अनि पैसा छैन भन्दै न’तिरीकन हिँ’ड्ने, कसैले गा’ली गऱ्यो भने ठो’किदिन्थेँ । अनि ला’इफ ड्या’मेज !’– य’सै भन्छन् उनी ।

उनी अर्थात् यज्ञ केसी उर्फ विजय । तर, यो नामले उनलाई चिनिँदैन आजकल । अहिले उनको परिचय ब्यापक रूपले फेरिएको छ । सामाजिक सञ्जालमा ‘अघोर बाबा’, ‘भाइरल बाबा’ जस्ता उपनामले चिनिन्छ उनलाई ।शहरमा जन्मेको केटो, बाहिरियाको धाक–धक्कु सहनै नसक्ने बानी, कसैले निहुँ खोज्यो भने पच्काइदिने बानी थियो मेरो । कसैको मुख ड्यामेज त कसैको नाक अनि कसैको खुट्टा । भएन त लाइफ ड्यामेज ? हा…हा…!’ बिगततिर गए अघोर बाबा । उनले बोल्ने ड्यामेज थेगो यतिबेला उनीसँगै ब्यापक भाइरल भैरहेको छ ।

मंगलवार बिहान (१७ भदौ) १० बजेतिर सुन्दरीजलनजिक रहेको उनको कुटी पुग्दा अघोर बाबाका एक भक्त उनको लागि खाना तैयार गर्दै थिइन् । ‘कहिलेकाहीँ भक्तजनहरू आएर पनि खाना पकाइदिनुहुन्छ, नत्र त म होटलमा नै खान्छु । यसैगरी अगाडि बढेको छ ड्यामेज लाइफ’ अघोरले भने । पछिल्लो समय आफू सामाजिक सञ्जालमार्फत चर्चामा आएको कुरा उनले राम्ररी बुझेका छन् । अहिलेसम्म फेसबुक एकाउन्ट खोलेका छैनन् उनले । ‘त्यत्तिकै त खोजि–खोजि आउँछन्, त्यसमाथि सिधै सामाजिक सञ्जालसँग आवद्ध भएँ भने त जुलुस आउँछन् यहाँ, थेग्नै मुस्किल पर्छ फेरि !’ उनले भने ।

आफूलाई यूट्यूबरहरूले मजाकको पत्रका रूपमा प्रयोग गरेर भाइरल बनाएकोमा भने अघोर बाबाको चित्त दुखेको छ । उनले समग्र मानिसहरूको हित र सन्देशको रूपमा भन्दा पनि आफ्नो बारेमा मजाक र हास्य प्रकृतिको कुराकानी मात्र गरेर आफ्नो तन्त्रमन्त्रको दैनिकीलाई ड्यामेज गर्न खोजेको भन्दै गुनासो गरे उनले । ‘त्यसैले अहिले यूट्यूबरहरूलाई प्रवेश निषेध भनेर ढोकामा सूचना टाँसेको छु । मलाई प्रयोग गरेर अनि मेरै खिल्ली उडाएर धेरैले धेरै दाम कमाएछन् । यो कुरा पछि पो थाहा पाएँ । राम्रो र ज्ञानका कुरा त कसैले सुन्न नै नचाहने र कुनै पनि मिडियालाई यो कुराको मतलब नै छैन । सबैलाई ड्यामेज समाचार मात्र चाहिएको छ । त्यसैले त मानिसहरूको सोच र दिमाग मात्र होइन कि देश नै ड्यामेजतिर लागिरहेको छ’– निकै जडी कुरा गरे अघोर बाबाले ।

लाजिम्पाटका यज्ञ यसरी अघोर बनेको २० वर्ष पुगिसकेको छ । यो बीचमा उनको जीवनमा आएको उतारचढाव पनि उल्लेखनीय नै छ । हाल ५८ वर्ष पुगेका उनलाई अहिलेसम्म विवाह किन नगरेको भनी जिज्ञासा राख्नदा उनले भने– ‘बिहे गर्न त मन छ, तर मसँग बिहे गर्न चाहने युवतीले पचास करोड नगद दिनुपर्छ । अचल सम्पतिमाथि म विश्वास गर्दिनँ । आफ्नै जीवन ड्यामेज भैरहेको समयमा धन–सन नभएकी केटीलाई ल्याएर किन उसको समेत जीवन ड्यामेज पार्ने ? त्यसैले मैले पचास करोडको डिमाण्ड तेर्स्याएको हुँ ।’ अघोर बाबाले बडो संवेदनशील कुरा गरे ।

लाजिम्पाट छँदा नै गीत–संगीत र अभिनय विधामा उनको रूचि थियो, तर समयले साथ दिएन । अघोर बाबालाई आज पनि त्यो रहर मरेको रहेनछ । उनी भन्छन्– ‘मलाई फिल्म खेलाउने हो भने एक–दुई करोड बजेटको फिल्ममा काम गरेर के गर्नु ? बाहुबलीजस्तो फिल्म बनाउनु पर्छ र त्यस्तो लगानी गर्न सक्नेको फिल्ममा मात्र काम गर्छु म त !’ अघोरको यो डिमाण्ड आफ्नो रहर पूरा गर्नको निम्ति हो वा फिल्ममा अफर गर्नेहरूलाई पन्छाउनका लागि हो, योचाहिँ प्रष्ट भएन ।

यो पनि पढ्नुहोस ! ‘पा’सपोर्ट’ ब’न्यो, अब अ’घोरी’ बा’बा’ उड्छ अस्ट्रेलिया….. रा’जन घिमिरे समय : वि’हान ११ बजे । स्थान : प’ररा’ष्ट्र मन्त्रा’लयको रा’हदानी वि’भाग, ना’रायणहिटी दरबार । विदेश गई धन क’माउने स’पना साँचेर पा’सपोर्ट बनाउने युवा–युव’तीहरूको बा’क्लै भि’ड थियो । त्यही भि’डमा पूरै कालो प’हिरनमा प’रिपक्व उमेरका एक दाह्री’वाल पनि प्र’शन्न मु’द्रामा उ’भिएका देखिए । दा’ह्रीवाल अरु कोही नभई यतिबेला सा’माजिक सन्जाल त’ताउन सफल भा’इरल अघोर बा’बाको ना’मले चिनिने य’ज्ञ केसी थिए । लामो ति’लचामले दाह्री, अझ लामो क’पाल, कालो पहिरन, अनि उनको हा’तमा देखिन्थ्यो पा’सपोर्ट (राह’दानी) ।

त्यो क्षण उनको लागि साँच्चै अत्यन्त सुखद रहेको प्रतीत हुन्थ्यो उनको चेहराको भाव नियाल्दा । त्यसैले होला निकै उत्साहित हुँदै अघोरी बाबा भन्दै थिए– ‘प्रवासमा रहनुभएका मेरा भक्तजन र प्रशंसकहरू समक्ष पुग्ने मेरो सपना अब पूरा हुने भएको छ । आजै मेरो पासपोर्ट बनेको छ । पासपोर्ट बनाइदिने बाबा एजुकेशन कन्सल्टेन्सी परिवारलाई साधुवाद छ !’

अघोर बाबाले आफूलाई पहिलोपटक बाबा एजुकेशनले एक विशेष कार्यक्रममा सरिक गराउन अष्ट्रेलिया लैजान लागेको पनि खुलासा गरे ।कति यहाँ मात्र बसेर दुनियाँलाई अन्तर्वार्ता दिँदै लाइफ ड्यामेज गरिरहने ? कुरा बोल्छु एउटा अनि शीर्षक राखिदिन्छने अर्कै, मेरो त लाइफ नै ड्यामेज गर्ने भए ! अब मुड पनि फ्रेस गर्नुपऱ्यो नि !’– यसो भन्दै आफ्नै विशेष शैलीमा हाँसे अघोर बाबा ।

अघोर अर्थात् यज्ञ भाइरल भैरहँदा ‘बाबाको नागरिकता प्रमाणपत्र नै छैन’ भन्ने जस्ता हल्ला पनि चलेको थियो । आफ्नोबारे यस्तो चर्चा चलेपछि खिन्न भएका बाबाको यस्तो छ गुनासो– ‘मेरै अन्तर्वार्ता लिएर थुप्रै यूट्यूवरहरूले लाखौँ कमाए तर पछि मेरै लाइफ ड्यामेज हुने हल्ला चलाए, तिनीहरूको कहिल्यै भलो हुँदैन । जय शम्भो !’ बाबाको प्रतिप्रश्न छ– ‘नागरिकता नभई पासपोर्ट बन्छ ? तिनीहरूले थाहा पाए नि अब त ! पासपोर्ट समेत बन्यो, अब अघोरी बाबा उड्छ अष्ट्रेलिया !!’

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग