कृषि विकास बैंककाे २ कराेड लुटियाे



हाम्रो इकोनोमि

 

कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपियाँ लुटिएको छ । प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको हो ।

तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको छ । घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले बताए ।

ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिए । यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...