कृषि विकास बैंककाे २ कराेड लुटियाे



हाम्रो इकोनोमि

 

कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपियाँ लुटिएको छ । प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको हो ।

तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपियाँ चोरी भएको छ । घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले बताए ।

ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिए । यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...