डरलाग्दो दुर्घटना ट्रक र कार ठोक्किएर ५ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । ट्रक र कार ठोक्किँदा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु भएका मध्ये नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच  नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...