आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आइतवार एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ ।

सो बिल आगामी चैत ११ गते परिपक्व हुनेछ । ३६४ दिने अवधिका लागि रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । त्यसको परिपक्व हुने अवधि आगामी असोज ६ गते रहेको छ । बैंकले यसअघि गत भदौ ३० गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...