नयाँ नोट साढे १८ हजारसम्म मात्रै साट्न पाइने



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ तथा सुकिलो नोट सटही गर्ने भएको छ । बालुवाटारस्थित केन्द्रीय बैंककोे मुद्रा व्यवस्थापन विभागले आगामी असोज २० गतेको बडादसैंलाई लक्ष्य गरी नोट साट्न लागेको हो ।

केन्द्रीय बैंकले औपचारिक रूपमा कुल सटही रकम भने तोकेको छैन । तर सर्वसाधारणलाई रू ५, रू १0, रू २0, रू ५0 र रू १00 दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम रू १८ हजार ५ सय सटही सुविधा उपलब्ध गराएको छ । गत वर्षको तुलनामा प्रतिव्यक्ति अधिकतम नोट सटही सुविधा घटाइएको छ । गत वर्ष सबै दरका नोट प्रतिव्यक्ति अधिकतम २७ हजारसम्मका सफा तथा नयाँ नोट साट्ने सुविधा दिएको थियो ।

उक्त नोट सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागबाहेक विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट साट्न पाउनेछन् । यसका साथै, केन्द्रीय बैंकको नोट कोष रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका देशभरका सबै शाखामार्फत सीमित रूपमा सर्वसाधारणले सुकिला र नयाँ नोट साट्न पाउनेछन् । यसबाहेक सर्वसाधारणले आप्mनो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट पनि सो अवधिमा नयाँ नोट साट्न सकिने विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।

गत वर्ष कात्तिक २ गतेको बडादसैंलाई लक्ष्य गर्दै राष्ट्र बैंकले असोज २१ देखि सर्वसाधारणलाई नयाँ तथा सफा नोट सटही गरेको थियो । गत वर्षको दसैंमा विभागले १३ अर्ब रुपैयाँको नयाँ नोट सटही गर्ने लक्ष्य लिएका १२ अर्ब साटिएको थियोे । यसपटकसाढे १२ अर्ब रूपैयाँ सटही हुन सक्ने राष्ट्र बैंकको अनुमान छ ।

नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा तोकेका मुख्य स्थान
♦ नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरू : न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा
♦ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरू : सिंहदरबार प्लाजा ९केन्द्रीय कार्यालय०, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा
♦ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयहरू : गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...