छात्रामाथि शोषण गरेको आरोपमा मन्त्री पक्राउ



हाम्रो इकोनोमि

 

कानून कलेजकी छात्रामाथि यौन शोषणको आरोपमा भारतका पूर्व केन्द्रिय मन्त्री पक्राउ परेका छन् । भारत उत्तर प्रदेशकी छात्रालाई यौन शोषण गरेको आरोपमा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको हो । यसका लागि पुलिस शुक्रबार बिहान उनको आश्रम पुगेको थियो । अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ ।

सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । केही दिनअघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई सुम्पिएको थियो । बुधबार राती चिन्मयानन्दको स्वास्थ्य खराब भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् ।

त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजे पनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो । यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...