मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

देशका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु अवैधानिक शुल्कको विरोधमा आन्दोलित भइरहेका छन् । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्।

कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेपछि विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रेका हुन् । आन्दोलित विद्यार्थीहरुले शिक्षामन्त्रीको राजीनामासमेत मागेका छन् ।

विद्यार्थीहरुले छ दिनदेखि गण्डकी मेडिकल कलेजको पढाइ ठप्प गरेका छन् । चितवनको चितवन मेडिकल कलेजका विद्यार्थी पनि झन्डै तीन सातादेखि आन्दोलित भएका छन् । वार्ताबाट समस्या समाधान खोज्न चितवन मेडिकल कलेजले विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।

पोखराका गण्डकी मेडिकलका  विद्यार्थीहरुले प्रदर्शन गर्दै  निर्देशन कार्यानन्वय नगराएको भन्दै शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको राजीनामा मागेका छन्। मन्त्रीको राजीनामा लगायतका माग लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले प्रदर्शन पनि गरेका थिए।

कलेजले लिने अवैधानिक शुल्क विरुद्ध गएको माघमा पनि गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले यस्तै आन्दोलन गरेका थिए।

मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ। त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको छ।

तर निजी मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिन्छन्। भर्ना हुने बेलामा विद्यार्थीलाई चेपुवामा पारेर उनीहरुले एमविविएस पढ्न थप १२ लाख र नर्सिङ पढ्न थप चार लाख सम्म रकम उठाइरहेका विद्यार्थीहरुको आरोप छ ।

आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परीक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्टे«सन शुल्क पाँच सय रुपैयाँ मात्र लिन पाउने सार्वजनिक सुचना नै जारी गरेको छ। त्यस्तै विद्यार्थी होस्टलमा भर्ना भए खाना र बसेको शुल्क मात्र कलेजले लिन पाउँछ। कलेजहरुले लिएका अन्य सबै शुल्क अवैधानिक हुन्।

गण्डकी मेडिकल कलेजका विद्यार्थीले गएको माघ महिनादेखि यो अवैधानिक शुल्कका विरुद्ध आन्दोलन गरेपनि कलेजले टेरेको छैन । सरकारले सुनेको छैन ।

चितवनमा पनि विद्यार्थीहरुले शिक्षामन्त्री पोखरेलको राजीनामा मागेका थिए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...