संबिधान दिवस मनाउने काममा स्काउट सवैभन्दा अगाडि



हाम्रो इकोनोमि

 

। नेपाल स्काउटले संबिधान दिवसलाई भब्य रुपमा मनाउन तयारीलाई तीब्र पारेको छ ।

सरकारले संबिधान दिवसको अवसरमा बिशेष कार्यक्रम आयोजना गरी देशभर खुसियाली मनाउने घोषणा गरेसँगै स्काउटले संबिधान दिवसको तयारीलाई तीब्र पारेको हो । जसअनुसार स्काउटले सवैभन्दा पहिला आफ्नो कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।

‘संबिधान दिवसलाई उत्सवको रुपमा सवै नेपालीले मनाउनु पर्छ भन्ने मान्यताअनुसार हामीले काम अघि बढाएका हौं, हाम्रो कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा आजबाट फहराएका छौं,’ स्काउट संयोजक लोकबहादुर भण्डारीले भन्नुभयो । भण्डारीका अनुसार स्काउटले संबिधान दिवसको दिन सैनिकमञ्च टुडिखेलको ब्यवस्थापनदेखि सातै प्रदेशमा स्काउटर परिचालन गरी बिशेष रुपमा मनाइने छ ।

नेपाल स्काउटले संबिधान दिवसको अवसरमा आफ्ना संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित राष्ट्रिय झण्डा अंकित प्रचार सामाग्रीसमेत तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...