६५ वर्ष कटेपछि गभर्नर र बैंक सञ्चालक बन्न नपाउने



हाम्रो इकोनोमि

 

अब ६५ वर्ष उमेर पुगेका व्यक्तिहरु बैंकको सञ्चालक बन्न नपाउने भएका छन्

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सञ्चालकको अयोग्यताका विषयमा यो उमेर हदको व्यवस्था गर्न लागेको हो।

सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा १८ को उपदफा १ (क)मा यो व्यवस्था थप गर्ने प्रस्ताव गरिएको छ।

यद्यपी उक्त विधेयक संसदमा छलफल हुने क्रममा छ। संसदबाट विधेयक हुबहु वा संशोधनसहित पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ। प्रमाणीकरणपछि राजपत्रमा सूचना जारी गरी नयाँ व्यवस्था लागू हुनेछ।

हाल बैंकको सञ्चालकका लागि २५ वर्ष नपुगेको व्यक्ति अयोग्य हुने व्यवस्था रहे पनि अधिकतम् उमेर हद तोकिएको छैन। यद्यपी साउन २० गते राष्ट्र बैंकले निर्देशनमार्फत ७० वर्ष कटेपछि सञ्चालक बन्न नपाउने व्यवस्था गरेको थियो।

तर सर्वोच्च अदालतले साउन २८ गते उमेर तोक्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएपछि सो निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। अब भने यसलाई ऐनमै व्यवस्था गरिने भएको हो।

त्यस्तै राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा गभर्नरसहित उच्च पदस्थ व्यक्तिको पनि उमेर हद तोकिएको छ। सो ऐनको संशोधन विधेयकमा दफा २१ मा गभर्नर, डेपुटी गभर्नर तथा संचालकको अयोग्यताका लागि उमेर हद तोकिएको छ।

अब न्यूनतम ३५ वर्ष पूरा नभएका र ६५ कटेकाहरू गभर्नर, डेपुटी गभर्नर तथा संचालक बन्न अयोग्य हुने छन्। यसअघि अयोग्यतामा उमेर हदको विषय तोकिएको थिएन।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...