यी हुन् करोडौंको सम्पत्ति भएका बलिउडका १० नायिका, जान्नुहोस् कसको सम्पत्ति कति ?



 

 फिल्ममा अभिनय गरेर सबै अभिनेत्रीहरु सफल हुँदैनन् । सफल भएपनि केही समय हुन्छन् र फेरि हराउँछन् । फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु छन्।

दाम कमाउनेहरु पनि कमै हुन्छन् । अनि कमै त्यस्ता नायिकाहरु जो करोडौंको सम्पत्तिका मालिक पनि बनेका छन् । बलिउड क्षेत्रमा रहेका केहि नायिका जो करोडौंका धनि पनि छन् । आज हामी तिनै करोडौंको सम्पत्तिको मालिक बनेका त्यस्ता १० नायिकाको चर्चा गर्न गइरहेका छौं जो बलिउडकै धनी १० अभिनेत्रीमा पर्छन्

 

दीपीका पादुकोण

 

३४ वर्षीया दीपीका पादुकोण १० अभिनेत्रीमा सबैभन्दा बढी पैसा कमाउने नायिकामा पर्छिन् । उनी ४५ मिलियन डलरकी मालिक हुन् । २००७ मा ओम शान्ति ओमबाट भारतीय सिनेमा जगतमा छिरेकी यी अभियनेत्रीलाई सफलताले कहिल्यै छोडेन । उनको पछिल्लो फिल्म पद्मावत हो । उक्त फिल्मका लागि उनले १३ करोड भारु लिएकी थिइन् । उनले २००७ देखि अहिलेसम्म झण्डै २७ फिल्ममा अभिनय गरिसकेकी छन् ।

 

प्रियंका चोपडा

 

प्रियंका चोपडा ४० मिलियन डलरकी मालिक्नी हुन् । संसारभरी चर्चित रहेकी प्रियकाले पप गायक निक जोनशसँग विहे गरेकी छन् । ३७ वर्षीया यी नायिका मिस वल्र्ड २००० की विजेता पनि हुन् ।

 

माधुरी दिक्षित

 

माधुरी दिक्षीत १० अभिनेत्रीमा सबैभन्दा बढी कमाउनेमा तेश्रो नम्बरमा पर्छिन् । ३५ मिलियनकी मालिक्नी उनी भारतीय महिलामा सबैभन्दा सुन्दर नायिकामा पर्छिन् । ५२ वर्षीया यी नायिका अहिले पनि त्यति नै सुन्दर देखिन्छन् । माधुरी दिक्षीतलाई हिन्दी फिल्म क्षेत्रकी सबैभन्दा सफल अभिनेत्री पनि मानिन्छ । उनले आफ्नो फिल्मी कैरियर १९८४ मा ‘अबोध’ फिल्मबाट अभिनयको सुरुवात गरेकी थिइन् ।

ऐश्वर्या राय

ऐश्वर्या राय तमिल फिल्म क्षेत्रबाट आएकी नायिका ऐश्वर्या रायको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रहेको छ । १९९४ मा मिस वल्र्डको ताज पहिरिएकी यी नायिका ३५ मिलियन डलरको मालिक्नी हुन् । भारतका सबैभन्दा लोकप्रिय अभिनेताको नाम कमाएका अमिताभ बच्चनका छोरा नायक अभिशेक बच्चनसँग विवाह गरेकी ऐश्वर्याको एक छोरी पनि छन् ।

प्रिति जिन्टा

प्रिति जिन्टा ३० मिलियन डलरकी मालिक्नी हुन् । तेलगु, अंग्रेजी तथा हिन्दी फिल्ममा अभिनय गरेकी प्रितिजिन्टाको पहिलो फिल्म १९९८ मा बनेको ‘दिलसे’ रहेको छ । ४४ वर्षीया यी नायिकाले बिबिसी अनलाईनमा धेरै लेख लेखेकी छन् । उनी क्रिकेट टिम किंग्स हष् पंजावकी मालिक पनि हुन् । उनी अहिले चलचित्र क्षेत्रमा खेलेकी छैनन् ।

विद्या वालन

विद्या वालन २५ मिलियन डलरकी मालिक हुन् । ४० वर्षीया यी नायिकाले बंगाली फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी हुन् । हिन्दी सिनेक्षेत्रमा उनको पहिलो फिल्म ‘परिणीता’ हो ।

अनुष्का शर्मा

 

अनुष्का शर्माको सम्पत्ति २५ मिलियिन डलर रहेको छ । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी अनुष्काले २००८ देखि हिन्दी फिल्म क्षेत्रमा आफ्नो कदम राखेकी हुन् । उनको पहिलो फिल्म ‘रब ने बनादी जोडी’ रहेको थियो । उनले २०१७ मा चर्चित क्रिकेट खेलाडी विराट कोहलीसँग विवाह गरेकी छन् ।

अमृता राव

 

अमृता राव २०।५ मिलियन डलरकी मालिक हुन् । उनी १० धनी अभिनेत्रीमा ८ औं नम्बरमा पर्छिन् । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी उनको पहिलो फिल्म ‘अबके वरस’ रहेको छ । उनको ‘वेलकम टु सज्जनपुर’ लगायतका फिल्म चर्चित रहेका थिए । ३८ वर्षीया यी नायिका दुई दर्जन बढी फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् ।

काजोल देवगन

 

काजोल पनि भारतीय १० अभिनेत्रीमा धेरै कमाउनेमा नवौं नम्बरमा पर्छिन् । उनी १६ मिलियन डलरकी मालिक हुन् । ४५ वर्षीया काजोलले ‘बेखुदी’ नामक हिन्दी फिल्मबाट आफ्नो कैरियर सुरु गरेकी थिइन् । त्यसपछि उनले अभिनय गरेका बाजिगर, दिलवाले दुल्हनिया लेजाएंगे लगायतका फिल्म हिट रहे । उनले २० वर्ष अघि नायक अजय देवगन संग विवाह गरेकी थिइन् ।

सोनाम कपुर

सबैभन्दा बढी कमाउने १० औं नम्बरमा सोनाम कपुर पर्छिन् । उनी १५ मिलियन डलरकी मालिक हुन् । ३४ वर्षीया यी नायिकाको पहिलो फिल्म ‘सावरिया’ रहेको थियो । उनले प्रेम रतन धन पायो, प्याडम्यान लगायतका फिल्ममा अक्षय कुमार तथा सल्मानखान जस्ता बलिउडका चर्चित नायकसँग मुख्य भूमिकामा खेलेकी छन् । उनको सबैभन्दा राम्रो भूमिका ‘निरजा’ मा रहेको बताइन्छ । उनी नायक अनिल कपुरकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्