पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि…



 

फिल्मको अभिनयका कारणभन्दा पनि नायिका आँचल शर्माको व्यक्तिगत जीवनका कारण चर्चा भइरहन्छ । पछिल्लो समय भने आँचल प्रेम जीवनका कारण चर्चामा छिन् । प्रेममा भए या नभए पनि आँचल शर्मा पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग नजिक छिन् ।इन्स्टाग्राममा पोस्ट हेर्ने हो भने यी दुईले एकअर्कालाई समय दिएको स्पष्ट हुन्छ ।

केही दिनसम्म के हल्ला थियो भने आँचल र पल शाह प्रेममा थिए । तर यी दुई प्रेममा रहेको भन्ने विभिन्न गसिप बाहिर आए पनि यी दुईले आफू प्रेममा भएको स्वीकार गरेका थिएनन् । तर आँचल पीडामा हुँदा पलको मन दुख्ने गरेको कतिपय स्टाटसबाट थाहा हुन्थ्यो ।केही समयअघि भने आँचल र पलको ब्रेकअप भएको गसिप चल्न थालेको थियो । यद्यपि यो विषयमा पल भने मौन छन् ।

यता पलका फ्यानले आँचललाई म्यासेज गरेर पललाई धोका दिएको भन्दै गाली गर्न थालेका छन् । आँचलले एक युवतीले गाली गरेर पठाएको म्यासेजलाई इन्स्टाग्राममा शेयर गर्दै ती युवतीलाई ‘इ ग्रेड’ की युवती भनेकी छिन् ।उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘पछिल्लो केही दिनदेखि मैले यस्ता म्यासेजहरु पाइरहेकी छु, हामी (पल र आँचलले) कहिल्यै पनि हामी सबन्धमा छौँ भनेनौँ ।’

उनले आफू पल शाहसँग पहिले पनि प्रेममा नभएको बताएकी छिन् । उनले फ्यानले आफै आफूहरु प्रेममा परेको अड्कल काटेको र अहिले ब्रेकअप भएको भन्न थालेको बताएकी छिन् । ‘तपाईंहरुले आफै मेरो बारेमा यस्तो भनिरहनुभएको छ, अड्कल काटिरहनुभएको छ,’ उनले लेखेकी छिन् ।अमेरिकामा बसेकी युवतीले अश्लील म्यासेज गरेको स्किृनशट राख्दै उनले अरुलाई पनि यस्तो म्यासेज नगर्न आग्रह गरेकी छिन् ।यता मिडियामा भने आँचलले उदिपलाई साथीका रुपमा हेरेको बताउँदै आएकी छिन् । उदिपले पनि आँचलप्रति खुबै माया दर्शाएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग