मदिराको चुस्कीले भोलिपल्ट ह्याङ बनायो ? अपनाउनुहोस् यी ७ तरिका



हाम्रो इकोनोमि

 

साँझको रमझमलाई मदिराको चुस्कीले झनै उत्साहित बनाईदिएको हुन्छ । मदिरा पिउन सुरु गरेपछि साथीभाईसँगको त्यो रमाइलो क्षणमा कति थपिन्छ थाहा नै हुँदैन । ओभरडोज भएपछि भोलिपल्ट बल्ला पछुताउछन् मान्छेहरु । ओभरडोजले भोलिपल्टसम्म ह्याङओभर बनाउँछ । ह्याङओभरले नियमित काममा समेत प्रभावित पार्दछ । त्यसैले ह्याङओभर हटाउन निम्न उपायहरु अपनाउनु पर्छ ।

१ ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा निकै कम हुन्छ । त्यसैले यस्तो बेलामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । सकभर नरिवलको पानी पिउनाले यसमा भएको चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुनाले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।

२ ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ ।

३ ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ ।

४ ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ ।

५ कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।

६ कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन ।

७ अण्डा खानुपर्छ । अण्डामा हुने एमिनो एसिडले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...