असोज १४ देखि नयाँ नोट साट्ने व्यवस्था, राष्ट्र बैंकका यी शाखाबाट पैसा पाइने



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट पनि रकम सटहीको व्यवस्था मिलाउन लागेको छ । निजी बैंकहरुलाई भने निश्चित रकम मात्र उपलव्ध गराइने छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २० हजार रुपैयाँ उपलव्ध गराउने छ ।

गत वर्षहरुमा काठमाडौंस्थित बैंकिङ कार्यालयबाट मात्र सटहीको व्यवस्था गर्ने गरेको थियो । तर यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड,पाटन, कीर्तिपुर, बालाजु र भक्तपुरबाट सटही सुविधा पाउन सकिन्छ । त्यस्तै राष्ट्र वाणिज्य बैंकको सिंहदरबार, नयाँ बानेश्वर, विशालबजार, नक्साल, टेकु र सानोठिमी, शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

कृषि विकास बैंकको रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर र पाटनको मंगलबजारबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...