असोज १४ देखि नयाँ नोट साट्ने व्यवस्था, राष्ट्र बैंकका यी शाखाबाट पैसा पाइने



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट पनि रकम सटहीको व्यवस्था मिलाउन लागेको छ । निजी बैंकहरुलाई भने निश्चित रकम मात्र उपलव्ध गराइने छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २० हजार रुपैयाँ उपलव्ध गराउने छ ।

गत वर्षहरुमा काठमाडौंस्थित बैंकिङ कार्यालयबाट मात्र सटहीको व्यवस्था गर्ने गरेको थियो । तर यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड,पाटन, कीर्तिपुर, बालाजु र भक्तपुरबाट सटही सुविधा पाउन सकिन्छ । त्यस्तै राष्ट्र वाणिज्य बैंकको सिंहदरबार, नयाँ बानेश्वर, विशालबजार, नक्साल, टेकु र सानोठिमी, शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

कृषि विकास बैंकको रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर र पाटनको मंगलबजारबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...