सिभिल बैंकले ल्यायो नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना



हाम्रो इकोनोमि

 

सिभिल बैंकले नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको छ । वचत र मुद्दतीको समायोजन गरी नयाँ निक्षेप योजना बैंका सेवाग्राहीसामु ल्याइएको बैंकले जनाएको छ । ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनामा सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्ने रकम वचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त वचत रकम एकमुष्ट पाउन सक्ने बैंकले जानकारी दिएको छ ।

 

‘एन्यूटी डिपोजिट निक्षेप’ योजना अन्तर्गत खोलिएको खाताको व्याजदर खाताको अवधिभर स्थिर रहने पनि सिभिल बैंकले जानकारी दिएको छ । न्यूनतम एक हजार रुपैंयाँमा शुरु गर्न सकिने यस योजना अन्तर्गत एकल र संस्थागत दुबै खालका खाता खोल्न सकिने जनाइएको छ ।

एक वर्षदेखि सात वर्षको अवधिमा आफ्नो मासिक आम्दानीबाट वचत गर्न सक्ने रकमलाई थोरै थोरै गरी भविष्यको योजनाहरुलाई साकार पार्न यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

ग्राहकको इच्छा अनुसार एक वा त्यो भन्दा बढी खाता खोल्न सकिने यो योजनाबाट वचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा–व्याज एकमुष्ट रकमको लाभ लिन सक्ने बैंकको दावी छ ।

 

आवश्यक परे ‘एन्यूटी डिपोजिट निक्षेप’ को वचत रकम तीन महिनापछि खाता बन्द गर्न पनि मिल्ने र मौज्दात रकमको ६० प्रतिशत ऋण निकाल्न मिल्ने सुविधा समेत रहेको सिभिल बैंकले जानकारी दिएको छ । सिभिल बैंकले अहिले देशमा ९६ शाखाहरुमार्फत ग्राहकलाई सरल र सहज रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...