टानको चुनावमा खुमबहादुर सुवेदीको समुह अगाडी



हाम्रो इकोनोमि

 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१ औँ वार्षिक साधारणसभा भोली २० गते होटल सोल्टीमा हुन लागको छ । यसका लागि वामपन्थी खेमा र प्रजातान्त्रिक खेमाको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिले नयाँ नेतृत्वमा को आउछ भन्ने विषयले व्यवसायीहरुले विभिन्न अड्कल बाजी गर्न थालको छन् । भोली शुक्रबार हुने साधारणसभाले २ वर्षका लागि नयाँ नेतृत्व प्रदान गर्दछ । १७ सदस्यीय कार्यसमितिका लागि १३ सय २० मतदाताले मतदान गर्नेछन् ।  खुमबहादुर सुवेदीले पनि आफूले जित्ने दाबी गरेका छन् ।

 

प्रजातान्त्रिक पक्षको नेतृत्व खुम बहादुर सुवेदीले गर्दैछन् । सुवेदी टानका अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । सुवेदी धादिङ ज्वालामुखी गाउँपालिकामा जन्मेर विगत २६ वर्षदेखी पर्यटन व्यावसायमा लाग्दै आएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका सुवेदी युनिक एडभेन्चर इन्टरनेशनलका सञ्चालक हुन् । उनि पनि आफ्नो जित सुनिश्चित हुनेमा कुनै शंका नै नरहेको दाबी गर्छन् ।

 

सुवेदी नेतृत्व प्यानलमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा खोमराज अधिकारी सन्तोस सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारी रहेका छन् ।टानको चुनावमा खुमबहादुर सुवेदीको समुह अगाडी रहेको व्यावासाहीहरुको भनाई छ ।खुमबहादुर सुवेदीले पनि आफूले जित्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...