यस्ता छन् डण्डिफोर हटाउने घरेलु उपाय



हाम्रो इकोनोमि

 

छाला शरीरको महत्वपूर्ण अंग हो । यसले सम्पुर्ण शरीरलाई ढाकेको हुन्छ । छालाले नै शरीरलाई बाहिरी आक्रमणबाट बचाउने गर्दछ । तर यहि छालाको सही स्याहार भएन भने यसले मानिसको सुन्दरतालाई समेत असर पार्दछ ।

अझ गर्मीयाममा अनुहारमा आउने डण्डिफोर र राता दागको समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । त्यसैले गर्मियाममा हुने अनुहारको समस्यालाई समयमा उपचार गरिनु आवश्यक हुन्छ । गर्मी मौसमा अनुहारमा डण्डीफोर, राता दागको सजिला घरेलु उपायबाटै नियन्त्रण गर्न सकिन्छ ।

यस्तो छ उपाय

अनुहारमा आउने डण्डिफोर र रातो दागका लागि रातभरी भिजाएको चामलको पिठो बनाई त्यसमा सुन्तलाको बोक्राको धुलो मिसाएर पेस्ट बनाइ लगाएमा यसले धेरै हदसम्म राहत दिन्छ ।

यसरी लगाइने पेष्टलाई अनुहारमा लगाई करीब आधा घण्टा पछाडि धुनु पर्दछ । यसो गर्नाले अनुहारको डण्डिफोर र रातो दाग हटेर जानेछ ।

यसबाहेक गुलाफको पातलाई लेदो हुने गरी पिसेर त्यसमा कागतीको रस मिलाएर समेत लगाउन सकिन्छ । यदि कागति संभव नभएमा टमटरको रस निकालेर गुलाफको पातको लेदामा मिसाएर करीब १५ मिनेट अनुहारमा राखेर धुन सकिन्छ ।

अनुहार धोएपछि कलिलो निमको पातलाई पिसेर लेदो बनाई १० मिनेट अनुहारमा राखि धुनु पर्दछ । यसो गर्नाले केहि दिनमा नै अनुहारको डण्डिफोर हटेर जानेछ । यसले अनुहारमा समेत चमक ल्याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...