एटीएम ह्याकिङ प्रकरण : सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने



हाम्रो इकोनोमि

 

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको छ ।

‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ,’ नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।

हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ । साथै यस विषयमा सरोकारवालाहरुसँग छलफल जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...