एटीएम ह्याकिङ प्रकरण : सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने



हाम्रो इकोनोमि

 

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको छ ।

‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ,’ नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।

हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ । साथै यस विषयमा सरोकारवालाहरुसँग छलफल जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...