इटहरीमा सेनाको श्रीमती अर्को सँग सल्केपछि….



 

नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत एकजना सिपाही अहिले विरत्तीएका छन । आफ्नो परिवारको राम्रो बनाउँने सपना बोकेर शान्ति सेना पुगेर आएका रमेश चौधरी श्रीमती अर्को सँग हिडे पछि बिरत्तीएका हुन । तीन बर्ष अघि मात्र सँगै बाच्ने र मर्ने सम्मको कसम खाएर विवाह गरेको परिवार अहिले श्रीमती अर्को सँग टाप कसेपछि समस्यामा परेका छन । जागिरे जीवनको क्रममा इटहरीमा दुई बर्षदेखि डेरा लिएर राखेको श्रीमती आउँदा अर्को सँग हिडेको प्रहरी प्रहरी गुहार्ने पुगेका छन ।

शान्ति सेनाबाट नेपाल फर्केने अन्तिम दिनसम्म म्यासेन्जरमा भिडियो कलमा कुरा गरेका दुवैजना डेरामा श्रीमती नभेटेपछि आफन्त र घरमा समेत खोजी गरे । तर प्रहरीमा जाहेरी दिएको करीब डेढ महिनापछि चौधरीको श्रीमती झापा दमकबाट फेला परिन् तर अर्को केटा सँग । कतारबाट ४ बर्ष पछि इटहरी आएका सोम राई (परिवर्तीत नाम) को पनि व्यथा उस्तै छ । बिदेश बस्दा कमाएको पैसा र सुन लिएर श्रीमती बेपत्ता भए पछि उनी अहिले समस्यामा परेका छन । विदेशमा बस्दा कमाएको पैसा समेत लिएर हिडेको श्रीमती अहिले अर्को सँग मस्ती गदै हिडेको राई बताउँछन ।

इटहरी प्रहरीको महिला सेलमा प्राय यस्तै प्रकृतिको जाहेरी पछिल्लो समयमा बढ्दै गएको छ । आर्थिक बर्ष २०७४÷७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३५३ वटा महिला तथा बालबालिका बेपत्ता सम्बन्धि जाहेरी दर्ता भयो । जसमध्ये १ सय ९८ वटा जाहेरी महिला बेपत्ता भएका छन । उनीहरु हराएको नभई अर्को पुरुष सँग विवाह गरेका हुन । इटहरी प्रहरीको महिला सेलकी प्रहरी नायब निरीक्षक(सई) कृष्ण कुमारी अधिकारीले श्रीमान् रोजगारको क्रममा घर बाहिर रहँदा श्रीमती बेपत्ता भएको भनेर आउने जाहेरी बढी भएको अपराध बताउँछिन्।

‘हामीसँग जति पनि जाहेरी आउछन् अधिकांश श्रीमती वेपत्ता भएको भनेर आउछन उनले भनिन् ‘यसमा सबैभन्दा बढी पिडित बिदेशबाट फर्किएका पुरुष हुने गरेका छन । बैदेशिक रोजगारका क्रममा श्रीमान बिदेश गएपछि पछिल्लो समय नेपालमा बिवाहित महिला अरुसँग अबैध सम्बन्ध राख्ने र घर छाडेर हिड्ने गरेपछि बेपत्ताको जाहेरी बढ्ने गरेको अधिकारी बताउछिन्।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग