आफु सन्तुष्टि भए नभएकोबारे महिलाहरुले किन झुट बोल्छन ? कारण यस्तो रहेछ
कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु सन्तुष्टि नपाए पनि आफ्नो जोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ? केहि कारणहरु यस्ता छन्
१. पुरुषको अहमः महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु जुट बोल्छन् ।
२. अन्योलमा रहनुः केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।
३. मूड नहुनुः महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । यस्तो अवस्थामा यदि सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।
४. नर्भस हुनुः पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।
५. दबाबः कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यस्तो अवस्थामा महिलाले पुरुषको दबाब परेकाले झूटको सहारा लिन्छन् ।