होसियार : एटीएमबाट यसरी चोर्दारहेछन पैसा, दरबारमार्गबाट ५ चिनियाँ पक्राउ



हाम्रो इकोनोमि

 

एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...