भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक



हाम्रो इकोनोमि

 

केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ ।

समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ । शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए ।

जसमा भनिएको छ, ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।’

त्यस लगत्तै त्यो पोस्ट यति भाइरल बन्यो कि केही समयमै हजारौंले लाइक र सेयर गरे । तस्वीरमा मोदी जस्तै देखिने ब्यक्ति टेम्पोमा बसेका छन् । सो तस्वीर अन्य धेरैले पनि सेयर गरेका छन् । तर, त्यो तस्वीर मोदीका भाइको नभएको तथ्य पछि पत्ता लागेको छ ।

यस सम्बन्धी जानकारी सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा प्रकाशित भइसकेको छ । उनी अदिलावादस्थित अटो ड्राइभर भएको र उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने समाचार त्यति बेलै सार्वजनिक भइसकेको थियो ।

समाचार माध्यमहरुमा जनाइए अनुसार, उनको नाम शेख अयुव हो । उनले पहिले आरटीसी बस चलाउथे । त्यसपछि उनले टेम्पो चलाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...