रत्नपार्क र नयाँ बसपार्कमा दिनरातको धन्दा : एक रातको रेट कति ? हेर्नुहोस्



 

 

सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए।

पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क लगाएका थिए। एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए।

एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन्? तपाईंलाई के भने?’ अकमकाएर उनले भने, ‘केही होइन। ‘जाने हो’ भनेर सोध्दै थिए।’

पुलको छेउमा आड लागेर बसिरहेका ती दुई युवतीसँग ग्राहक बनेर सोधियो– ‘कति हो नि रेट?’

‘१५ सय,’ एउटीले भनिन्।

‘एक रातको? अनि कहाँ जाने? हाम्रोमा कि तपाईंकोमा?’

‘एक रातको होइन, एक पटकको १५ सय। जाने भए हाम्रैमा जाने हो।’

‘प्रहरीको डर हुँदैन?’

‘नजिकै हो। यही धरहरा भत्किएको पछाडि। कोठा हो आफ्नै। कसैले केही गर्दैन।’

‘हामीलाई लुट्नुभयो भने नि?’

‘त्यस्तो केही हुँदैन। विश्वास भए जाम्। नभए धेरै ल्याङ–ल्याङ नगर्दा हुन्छ।’ त्यसपछि उनीहरू अन्यत्र लागे।

सिमसिम पानी परिरहेको थियो। आकाशेपुलको देब्रेपट्टि सामुखुसीतर्फको मुखमा केही मानिस थिए। उनीहरूलाई केही युवा ‘दाइ होटल हो? दाइ, गेस्ट हाउस जाने हो?’ भन्दै सोधिरहेका थिए।

एक जना युवा भने ‘केटी मिलाइदिने’ कुरा गरिरहेका थिए। उनी आकाशेपुलमा उभिएका तीनचार जनाको समूहलाई भनिरहेका थिए, ‘१२ सय मात्र हो। भनेको जस्तो केटी पाइन्छ। त्यहाँ केटीको लाइन हुन्छ। गएर आफूलाई मन परेकी केटी छान्ने हो।’

छातामुनि बार्गेनिङ

आकाशेपुलमा मानिसको आवतजावत थियो। केही भने लामो समयसम्म पुलमा यताउता गरिरहेका देखिन्थे। पाँचछ जना छाता ओढेका महिला पनि पुलको एक छेउदेखि अर्को छेउसम्म हिँडिरहेका थिए। कसैले मास्क लगाएका थिए भने कसैले सलले मुख छोपेका थिए।

पुलमा यताउति गरिरहेका मानिसहरूसँग उनीहरू कुम ठोक्याउँदै हिँडिरहेका थिए। त्यत्तिकैमा एक जना युवती एक जना पुरुषसँग आएर टाँसिइन्। उनले रातो रङको टिसर्ट, सेतो आउटर र कालो रङको प्यान्ट लगाएकी थिइन्। उनी तेस्रोलिंगी रहिछिन्। केही बेर ती पुरुषसँग कुरा गरेपछि त्यहाँबाट हिँडिन्।

ती पुरुषसँग सोध्दा उनले यौनकर्मी तेस्रोलिंगीसँग रेट नमिलेको बताए। ‘मलाई जाऊँ–जाऊँ त लागेको थियो,’ उनले भने, ‘तर, रेटै मिलेन। १५ सय रे। त्यति धेरै तिरेर यस्तासँग के जानु? बरु गेस्टहाउसमा अलि बढी पैसा तिर्‍यो भने भन्याजस्तो केटी पाइन्छ।’ सुर्खेतबाट वैदेशिक रोजगारीका लागि अर्काे साता कतार उड्न लागेका उनले नाम नबताउने शर्तमा भने, ‘काठमाडौँ, माछापोखरीमा साथीसँग बस्छु। आज एउटीलाई उतैतिर लैजाऊँ भनेको। यो पुलमा त यौनकर्मीको लस्करै हुन्छ। उनीहरूले भनेको ठाउँमा गयो भने त लुटेर पठाइदिन्छन्।’

उनीसँग कुराकानी गरिरहँदा अर्का एक जना व्यक्ति पनि आए। उनले एक पटक यौनकर्मीले आफूलाई लुटेको सुनाए। ‘यही पुलबाट १५ सय रुपैयाँ भनेर एउटीले आफ्नो कोठामा लगेकी थिई,’ उनले भने, ‘त्यहाँ पुगेपछि भएको ४५ सय रुपैयाँ पनि लुटी।’ उनी राप्ती यातायातका सहचालक रहेछन्। गाडी अघिल्लो दिन काठमाडौँ आइपुगेको र सोही रात फर्किन लागेको बताउँदै उनले भने, ‘जानुअघि आफ्नै कोठामा लगेर यसो रमाइलो गरौँ भनेको कुरै मिलेन।’

ग्राहक खोजिरहेका यौनकर्मीहरू बेला–बेला चर्काे स्वरमा अश्लील शब्द बोलिरहेका थिए। बाटो काट्नका लागि पुलमा हिँडिरहेकालाई उनीहरू वास्ता गर्दैनथे। तर, देहसुखको खोजी गरिरहेका जस्तो देखिइने पुरुषहरूसँग भने उनीहरू टाँसिन्थे, ठोक्किन्थे। रेट नमिल्दा उनीहरू भद्दा शब्द बोलिरहेका हुन्थे।

‘कुरा नमिलेर’ भौँतारिरहेका ती सहचालक एक जना युवती भएतिर लागे। उनीसँगै अर्का एक जना पाको उमेरका पुरुष पनि गए। पुलको मध्यभागमा पहँेलो कुर्ता–सुरुवाल लगाएकी युवतीसँग उनीहरू गफ गर्न थाले।

युवती भनिरहेकी थिइन्, ‘जाने भए मेरोमा जाऊँ, नत्र हुँदैन। एक पटकको एक जनालाई १३ सय मात्रै हो।’

सहचालकले भने, ‘बरु १५ सय दिन्छु, मेरोमा जाऊँ।’

निकै बेर उनीहरूबीच ‘तेरोमा-मेरोमा’ भइरह्यो।

अन्त्यमा पहेँलो कुर्तावाली युवतीले रिसाउँदै र अश्लील शब्द बोल्दै भनिन्, ‘हुँदैन भनेपछि हुँदैन। करको व्यापार गरिँदैन। जाने भए मैले भनेको ठाउँमा खुरुक्क हिँड, नत्र आफ्नो बाटो नाप।’ सहचालक र पाको पुरुष मुख रातो पारेर आफ्नो बाटो लागे।

आकाशेपुलको अर्काे कुनामा खरानी रङको टिर्सट र कालो प्यान्ट लगाएकी महिला एक जना अधबैँसेसँग बार्गेनिङ गर्दै थिइन्।

‘एक घण्टाको १२ सय, एक रातको पाँच हजार !’ उनी भन्दै थिइन्। अधबैँसे चाहिँ ‘अलि कम गर न’ भन्दै थिए।

‘कममा जानेलाई लैजानू,’ उनी भनिरहेकी थिइन्, ‘मेरो रेट त तलमाथि हुँदैन।’

बसपार्कको पुलमा यौनकर्मीसँगै दलालहरूको सक्रियता पनि उत्तिकै थियो। दलालहरू ‘नजिकैको गेस्टहाउसमा केटी छन्, जाने हो?’ भन्दै पुलमा भएका मानिसलाई सोधिरहेका भेटिन्थे। उनीहरू मसिनो आवाजमा ‘जाने भए म फोन गर्दिन्छु’ भनिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग