नेपालकै यो ठाउँमा एकै दिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्न बाध्य महिला



 

 

काठमाडौं उपत्यका लगायत देशका ठुला शहरहरुमा सञ्चालनमा रहेका डान्सबार लगायतका मनोरञ्जनका क्षेत्रहरुमा अनैतिक कामहरु पनि हुने गरेको खुल्न आएको छ । उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र का’रुणिक रहेको बताउनुभयो ।

कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा व्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो । कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन् । १५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ ।

आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहडमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ । भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हुँदै उनीहरू डिस्कोसम्म पुग्छन् ।

यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अनैतिक र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाको बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ । यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग