पहिलो पटकको महिनावारी कस्तो हुन्छ ? महिलाहरुले अबश्य पढ्नुहोला



हाम्रो इकोनोमि

 

पछिल्लो जनगणनाअनुसार १० देखि १५ बर्ष उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ ? भन्ने जानकारी छैन ।

प्राकृतिकरूपमा महिलामा रागरस (हार्मोन) का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु भनेको महिलाको प्रजनन गर्न सक्ने उमेरमा प्रवेशको सङ्केत मानिन्छ ।

पहिलो पटकको महिनावारीका कारण छात्राले विद्यालय जान छाड्ने, विद्यालयका शौचालय छात्रा मैत्री नहुँदा उनीहरू विद्यालय नै नजाने तथा छात्राको कम उमेरमा विवाह हुने प्रवृत्तिमा समेत नेपालले खासै सुधार गर्न नसकेको बताईएको छ ।

महिनावारी हुँदा प्रयोग हुने लुगा (प्याड) को सहज पहुँचको उपलब्धता नहुनु, सरसफाइका लागि पानी नहुनु तथा फोहर कपडाले उत्पन्न गर्ने प्रजनन रोगको समस्यामा कमी नआएको बताईएको छ ।

सफा पानी, सुरक्षित र लैङ्गिकरूपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन ।

पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन् । एक विद्यालय एक नर्स कार्यक्रमको शुरुआत शिक्षा मन्त्रालयले गरेको छ । यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन् ।

‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रूपमा लगानी बढाउन थालेका बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...