कतै तपाइँ झुटो प्रेममा पर्नु भएको त छैन, साचो र झुटो प्रेम कसरि चिन्ने ? यस्ता छन् तरिकाहरु !



हाम्रो इकोनोमि

 

 

वैंशालु उमेरमा युवा र युवतीबीच एकअर्कामा आर्कषण हुन्छ । त्यही आकर्षण सम्बन्धमा बद्लिन्छन् । र, प्रेममा ।

प्रेम सम्बन्धमा रहेपछि उनीहरुको जीवन फरक मोडबाट गुज्रन थाल्छ । भेटघाट, कुराकानी, डेटिङ । जति-जति उनीहरु घनिष्ठ हुँदै जान्छ, एकअर्कासँग खुल्दै जान्छन् । अन्ततः उनीहरु यस्तो मोडसम्म आइपुग्छन् कि दुबैबाट अब लुकाउनुपर्ने केही बाँकी रहँदैन ।

त्यसपछि भने सम्बन्ध कसरी अगाडि बढ्छ ? के उनीहरुले आफ्नो प्रेमलाई विवाहमा बदल्छन् ? वा प्रेमलाई अनन्तसम्म निरन्तरता दिन्छन् ? वा उनीहरुको प्रेममा पूर्ण विराम लाग्छ ?

यीमध्ये कुनैपनि संभावित गन्तव्य हुनसक्छ । उनीहरु छुटिन पनि सक्छन् । विवाह गर्न पनि सक्छन् । प्रेमलाई त्यही रुपमा निरन्तरता दिइरहन पनि सक्छन् ।

हामीकहाँ मान्यता के छ भने प्रेम गरेपछि त्यो अमर हुनुपर्छ । अमर प्रेमको अर्थ अनन्तसम्मको प्रेम । प्रेम तब सफल भएको मानिन्छ, जब उनीहरु विवाह गर्छन् । विवाह गरिसकेपछि मात्र प्रेमलाई सफल मान्ने गरिन्छ ।

जबकी विवाह भनेको जीवनभरकै निम्ति एक निर्णयक मोड हो । विवाह कहिले, कसरी, कोसँग गरिन्छ भन्ने कुराले बाँकी जीवनको खाका तयार गर्छ । यदि पार्टनर सही परेमा बाँकी जीवन सुखमय रहन्छ । सफल रहन्छ । यदि पार्टनर गलत परेको अवस्थामा दाम्पत्य जीवन पट्यारलाग्दो बन्छ ।

कतिपय अवस्थामा निकै पीडादायी पनि बन्न सक्छ । यस्तो दाम्पत्य जीवनमा झगडा, मनमुटाव, कलह हुँदै सम्बन्ध विच्छेदसम्म पुग्न सक्छ । यो एक जीवनकै दुर्घटना बन्न सक्छ । त्यसैले विवाह लागि यस्ता पार्टनरको खोजी गरिन्छ, जसले जीवनभर साथ दिन सक्छ । जसको साथले जीवनलाई सहज र सरल बनाउँछ । सुमधुर बनाउँछ ।

यदि प्रेमको सफल मोड विवाहलाई मान्ने हो भने प्रेम जीवनमा रहेकै बखत निकै ख्याल विचार गर्नुपर्छ । त्यसो त कतिपयले प्रेम सम्बन्धलाई विवाहको पूर्व तयारीको रुपमा पनि लिने गर्छन् । आफ्नो सम्बन्धमा रहेका प्रेमी वा प्रेमिकाको सम्पूर्ण आनीबानी एवं आचरण, स्वभाव, रुची, इच्छा, आकंक्षा बुझ्ने मेलो पनि हो यो । प्रेम सम्बन्धमा रहेकै बेला आफ्नो इच्छा अनुसार उपयुक्त पार्टनर हो वा होइन भनेर निक्र्यौल गर्न सकिन्छ ।

प्रेम सम्बन्ध पनि थरीथरीका हुन्छन् । कोही सम्बन्ध दिगो हुन्छ, कोही क्षणिक । कोही प्रेम परिपक्क हुन्छ भने कोही फगत मनोरञ्जन पनि । कतिपय पार्टनर यस्ता हुन्छन्, जो केवल प्रेमको नाममा हल्का मनोरञ्जन मात्र चाहने ।

कतिपय पार्टनर चाहिं एकदमै नकारात्मक हुन्छन् । जब यस्ता पार्टनरसँग प्रेम सम्बन्ध रहन्छ, त्यसबाट बाहिर आउन निकै मुश्किल हुन्छ । उनीहरुसँग प्रेम सम्बन्धमा रहँदा पनि वैशालु रोमाञ्चकता अनुभव हुँदैन । उनीहरु कुनै न कुनै निहुँबाट पीडा दिने खालका हुन्छन् । यस्ता प्रेमी/प्रेमिकाले तपाईंलाई खुसी र उमंग होइन, दुःख दिन्छ । निरास तुल्याउँछ । तनाव दिन्छ । तपाईंको खुसी पनि यस्ता प्रेमी/प्रमिकाले खोसिदिन्छ ।

यस्ता पार्टनर धेरै भड्किलो र धेरै नै अपेक्षा गर्ने किसिमका हुन्छन् । उनीहरुको अपेक्षा कहिल्यै पुरा पनि हुँदैन । जुनसुकै कुरामा खोट देखाउने गर्छन् । केही गरेर उनीहरुको चित्त बुझाउन सकिदैन । यस्ता प्रेमिका/प्रेमी फरक स्वार्थले तपाईंसँग जोडिएका हुन्छन् । यसलाई ‘टक्सिक रिलेसनसिप’ भनिन्छ । यस्ता पार्टनरसँग भने जतिसक्दो सम्बन्धमा पूर्ण विराम लगाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...