सुवेदीले कहाँ पोखाउदैछन् आफ्नो पिर



हाम्रो इकोनोमि

 

हिन्दू नारीहरुको महान चाड हरितालिका तीज आउन ८ दिन मात्र बाँकी छ । तीजको अवसरमा नेपाली महिलाहरुले आफ्नो पिडा गीतका माध्यमबाट प्रस्तुत गर्ने गरेका छन् । यसै सन्दर्भमा नानु रेग्मी सुवेदीले पनि आफ्नो पिडा गीतमार्फत प्रस्तुत गरेका छन् । उनले पहिलेको वर्ष पनि गीत लेखेर रै आफ्नो पिडा यसरी नै पोखेका थिए हेर्नुहोस रेग्मीको सिर्जना जस्ताको तस्तै :

 

मैदान पर्यो तराई सगरमाथा देशको शिर

कहाँ गएर पोखु मैले यो मनको पिर ?

बाबालाई भनुभने बाबा रोगि हुनुभो

आमालाई भनुभने पैलै रुनुभो

दाजुलाई भनुभने भाउजू हुने बिचमा

जानपनि नपाइएला फेरि तिजमा

भाइलाई भनुभने बुहारीको खटन

जानेआउने नगर्दानि सुन्छु बचन

दिदीलाई भनुभने पराई घर जानुभो

बहिनीलाई भनुभने सानी बरिलै

सासु र ससुरा बृद्द रोगि कमजोरी

जेठाजु र देवरको कुरै नगरी

आमाजू र नन्द ज्यू त्यसै ठूलाघरका

कठै कसले बुझिदेला हाम्रो मर्का ?

पतिदेवलाई भनुभने पिर पर्ला झनसारो

पोखिने ठाउँ नहुदा पर्ने भो गारो

हामी चेली जम्मा भयौं तिजको गित गाउनलाई

मनाईने चाड हो रे दुख पोख्नलाई

दाजुभाई दिदी बहिनी मनमा कुरा गुन्दिनु

दुखि हामी चेलीको कुरा बुझ्दिनु

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...