यी राशि भएका युवतीसँग होसियार



 

 

ज्योतिष शास्त्रका अनुसार १२ राशि हुने गर्दछन् । यी १२ राशि अनुसार व्यक्तिको स्वभाव, चरित्र पनि फरक हुने गर्दछ । राशि अनुसार भविष्य, स्वभाव, चरित्रलाई सजिलै नियाल्न सक्ने ज्योतिष शास्त्रले बताएको छ ।

 

यस्ता कतिपय राशि पनि छन् जसले अन्य व्यक्तिहरूलाई सजिलै आकर्षण गर्न सक्ने शक्ति दिएको हुन्छ । आज हामी तपाइहरूलाई ती राशिको बारेमा बताउनेछौ जुन राशि भएका युवती देखेर पुरुषहरू फिदा हुने गर्दछन् । यसैले पहिले नै होसियार नभए यी राशि भएका युवतीबाट पुरुष नराम्ररी फस्नपनि सक्छन् ।

 

वृष राशि : वृष राशि हुने युवतीको व्यक्तित्व निकै आकर्षक हुन्छ । पहिलो भेटमै पुरुषहरू यी राशिका युवतीप्रति आकर्षित हुने गर्दछन् । यो राशिका युवती निकै मेहेनती हुन्छन् र आफूले गरेको काममा सहजै लक्ष्य हासिल गर्छन् । यिनीहरूको बोल्ने शैली एवं सुन्दरताले सबैको मन लोभ्याउन सक्छ । यिनीहरू सौन्दर्य एवं कलाप्रेमी हुन्छन् । कला क्षेत्रमा सजिलै सफलता हात पार्न सक्छन् । यिनीहरूको दिमागमा सदैव थुप्रै योजनाहरू बनिरहेका हुन्छन् ।

मिथुन राशि : मिथुन राशिका युवती झट्ट हेर्दा निकै सुन्दर तथा आकर्षक मानिन्छन् । यिनीहरूको स्वभावले पुरुषहरूलाई सजिलै आकर्षक गर्ने गर्दछ । यिनीहरूको पुरुष साथी अधिक हुन्छन् । महिला मित्रहरू पनि कम हुँदैनन् । यो राशिका युवतीमा अर्काको मनको कुरा बुझ्ने अलौकिक क्षमता हुन्छ । यिनीहरू बहुमुखी प्रतिभाका धनी तथा चलाखीपूर्ण तरिकाले काम गर्ने खालका हुन्छन् । यिनीहरू दिमाग लगाउनुपर्ने वा बुद्धिसँग सम्बन्धित काममा बढी सफल हुन्छन् ।

वृश्चिक राशि : वृश्चिक राशिका युवतीको स्वभाव, व्यवहार एवं चालचलन आकर्षक मानिन्छ । यिनीहरूमा अर्काको मनको कुरा थाहा पाउने क्षमता हुन्छ । यो राशिका युवती हेर्दा बढी सुन्दर नभए तापनि यिनीहरूमा एक किसिमको फरक चुम्कीय आकर्षण हुन्छ । यिनीहरूको कुराकानी गर्ने आफ्नै प्रकारको विशेष शैली हुन्छ । यो राशिका युवती बहादुर तर भावुक हुन्छन् । यिनीहरूको मस्तिष्क तीक्ष्ण हुन्छ । यिनीहरूलाई कसैले पनि सजिलै बेवकुफ बनाउन सक्दैन । यिनीहरुलाई सबै कुरामा सफा चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग