यी हुन् परीक्षामा पास गराइदिने लालच दिएर शारिरीक सम्बन्ध राख्न लगाउने शिक्षिका !



हाम्रो इकोनोमि

 

के हुन्छ जब शिक्षक वा शिक्षिकाले विद्यार्थीलाई परीक्षामा पास हुनको लागि आफुसाग यौनसम्बन्ध राख्न अनुरोध गर्छन ? यस्तै, सनसनीपुर्ण काण्ड बजारमा आएको छ ।

यस घटनामा संलग्न महिला कलेजकी प्राध्यापकलाई मद्रास उच्च अदालतले पक्राउ गरेको ११ महिना पछि उनीलाई सशर्त जमानत दिएको छ । न्यायाधीश एन किरुबाकरण र मदुरै पीठका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीलाई जमानत दिएका हुन् ।

प्रोफेसरमाथि आरोप छ कि उनले मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरूसँग शारीरिक सम्बन्ध राखेर महिला विद्यार्थीहरूलाई राम्रो अंक ल्याएर पास गराइदिने लालच दिने गर्थिन । सरकारी वकिलले अदालतमा भने कि उनलाई जमानत दिदाँ कुनै आपत्ति छैन ।

अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दियो र मिडियामा कुनै पनि प्रकारको अन्तर्वार्ता नदिन भनिएको छ । यसले अनुसन्धानलाई असर पार्ने अदालतको बुझाई रहेको छ । यसभन्दा पहिले तल्लो अदालत र उच्च अदालतले जमानत अपिल खारेज गरेको थियो । निजी कलेज देवानगा कला कलेजकी प्राध्यापक देवी गत वर्ष पक्राउ गरिएको थियो ।

विद्यार्थीसँग प्राध्यापकको कुराकानीको अडियो भाइरल भए पछि कलेज र महिला फोरमको गुनासोमा उनका विरुद्ध कारबाही गरियो । अडियो क्लिपमा, प्रोफेसरले कथित रूपमा विद्यार्थीहरूलाई केही अधिकारीहरूसँग यौनसम्बन्ध राख्न सल्लाह दिइरहेका सुन्न सकिन्छ ।

पक्राउ गर्नु भन्दा पहिले कलेजले आन्तरिक अनुसन्धान गरेपछि प्राध्यापकलाई निलम्बन गरेको थियो । अडियो फेला परेपछि जब विवाद बढ्यो तब यो विवाद राज्यको सीआईडीलाई हस्तान्तरण गरियो ।

देवीको सोधपुछको आधारमा प्रहरीले सहायक प्राध्यापक भि मुरुगन र अनुसन्धानका विद्यार्थी करुप्पसमीलाई पनि यस मुद्धामा संलग्न भएको आरोपमा गिरफ्तार गरेको छ । उच्च अदालतले निवेदन अस्वीकार गरेपछि दुबैलाई सर्वोच्च अदालतले जमानत दिएको हो ।

गत वर्ष सीबी–सीआईडीले २०० पृष्ठको आरोपपत्र अदालतमा दायर गर्यो । यसभन्दा पहिले, १६०० पृष्ठको प्रि–चार्जशीट जुलाई महिनामा फाइल गरिएको थियो ।

जनबोली बाट साभार

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...