सुख र सम्वृद्धि प्राप्त गर्न चाहनुहुन्छ भने आइतबार देखि शनिबारसम्म अपनाउनुस् यी ७ उपाय !



 

हरेक दिन रहने हरेक बार कुनै न कुनै ग्रहसंग जोडिएको हुन्छ। हरेक बार असर रहने ग्रहको असर सामान्य बनाउनको लागि विभिन्न उपाय अपनाउन सकिन्छ। सप्ताहको सातै दिन ग्रहको शुभ असर प्राप्त गर्नको लागि ज्योतिष शास्त्रमा केहि उपायहरु उल्लेख गरिएका हुन्छन्।

कुन बार कुन ग्रहको असर हुन्छ भन्ने समेत ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। कुनबार के उपाय प्रयोग गर्ने भन्ने विषयमा हामीले यस लेखमा बताउने छौँ।

आइतबार: आइतबारलाई सूर्यदेवसँग जोडिएको बारको रुपमा हेर्ने गरिन्छ। ज्योतिष शास्त्रमा सुर्यदेवलाई प्रसन्न गर्नको लागि प्रतिदिन सूर्योदयको समयमा जल अर्पित गर्नु पर्ने हुन्छ। दैनिक यस्तो कार्य गर्न सम्भव नहुनेहरुको लागि भने आइतबार यसो गरेमा यश साथै किर्ति बढेर जाने हुन्छ।

सोमवार: ज्योतिष शास्त्रका अनुसार सोमबारलाई चन्द्रसँग जोडेर हेर्ने गरिन्छ। यदि कोहि व्यक्तिको कुण्डलीमा चन्द्रमा खराब स्थिति रहेका त्यस व्यक्ति प्राय जस्ती बिमार पर्ने हुन्छ। त्यसकारण यस प्रकारका मानिसहरुले सोमबारको दिन शिवलिंगमा जलाभिषेक गर्नु पर्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। साथै दुधले अभिषेक गरेमा अझै राम्रो हुने मानिन्छ। महामृत्युंजय मंत्रको पाठ गर्नु भएमा पनि उचित रहन सक्ला।

मंगलवार: मंगल ग्रहलाई ज्योतिष शास्त्रमा क्रुर ग्रहको रुपमा मानिने गरिन्छ। कलहको कारक ग्रह मानिने मंगल ग्रहलाई स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिन्छ। मंगल ग्रह खराब स्थितिमा रहेको अवस्थामा मंगलबार पारेर हनुमान जीको आराधना गर्नु पर्ने हुन्छ। यस दिन गरिबलाई खान दिनु भएमा पन इ मंगल ग्रहको खराब असर हटेर जाने विश्वास गर्ने गरिन्छ।

बुधवार: ज्योतिष शास्त्रमा बुधबारलाई बुध ग्रहसँग जोडेर हेर्ने गरिन्छ। बुध ग्रहको शुभ असर तपाईको कुण्डलीमा भैराखोस भन्नको लागि हरेक बुधबार गणेश भगवानलाई लड्डूको भोग लगाउनु पर्ने हुन्छ। यसको अलावा बुधबार भगवान विष्णुको समेत आराधना गर्नु राम्रो मान्ने गरिन्छ।

बिहिबार: बिहीबारको दिनलाई बृहस्पति ग्रहसँगजोडेर हेर्ने गरिन्छ। अशुभ बृहस्पतिका असरका कारण धेरै कोशिस गर्दा पनि कहिले पनि सफलता नमिल्ने हुन्छ भने अकालमा मृत्यु समेत हुने गर्छ। बृहस्पतिको असर काम गर्नको लागि बृहस्पतिलाई पहेंलो वस्तुहरू, पहेंलो फलहरू, पहेंलो कपडाहरू अर्पित गर्नु पर्ने हुन्छ।

शुक्रवार: ज्योतिषको अनुसार, शुक्रबार शुक्रसँग सम्बन्धित रहेको बार मान्ने गरिन्छ। शुक्र भौतिक सामग्री र सुख-समृद्धिको मानिने गरिन्छ। शुक्र ग्रहलाई खुशी बनाउनको लागि शुक्रबारको दिन गरीब विवाहित महिलालाई विवाहित महिलाले प्रयोग गर्ने सामग्रीहरु उपलब्ध गराउनु पर्ने हुन्छ।

शनिवार : ज्योतिष शास्त्र के अनुसार शनिवारलाई शनि ग्रहसँग जोडेर हेर्ने गरिन्छ। यदि शनि ग्रहको नराम्रो असर परेमा बन्न लागेको कार्य समेत बिग्रने गर्दछ। शनि ग्रहको असर कम गर्नको लागि शनिबारको दिन शिवलिंगमा कालो तिल अर्पित गर्नु पर्ने हुन्छ। कालो तिलसंगै शुद्ध जल मिसाएर अर्पित गर्नु पर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।साथै शनिबारको दिन पिपलको रुखमा जल अर्पित गर्नु पनि राम्रो मान्ने गरिन्छ।

यो पनि पढ्नुस 

ज्वनो एक फाइदाजनक र गुणकारी मसला (चिज) हो। ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं। स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन्। ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ। जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ।

आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ। यसको सेवनले पेट वा छाँती दुखाई बाट छुटकारा पाउनुका साथै खोकी लाग्नबाट बचाउँछ। यसका साथै जिउ चिलाउने, डकार आउने, पिसाब रोक्ने र पत्थरी जस्ता बिमारीहरुबाट छुटकारा पाउन मद्धत गर्छ।

आयुर्वेदका अनुसार पाचक औषधीहरुमध्ये ज्वानो एक महत्वपूर्ण र प्रभावकारी औषधी हो। ज्वनोले सयौँ किसिमका अन्नलाई पचाउन सहयोग गर्छ।

– यदि तपाइँको पेट खराब भएको छ भने ज्वनोलाई चपाई चपाई खानुहोस् र एक गिलास तातो पानी पिउनुहोस्। पे टमा किरा छ भने थोरै बिरेनुन(कालो नुन) सँग यसको सेवन गर्नुहोस् र एक गिलास मन तातो पानी पिउनुहोस्। पाचन प्रक्रियामा कुनै किसिमको गढबढी भएमा ज्वनोको पानी सेवन गर्दा एकदम फाइदा हुन्छ।

– ज्वनोले तौल घटाउन सहयोग गर्छ। एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउनुहोस्। बिहान उठेपछी यो पानीलाई छानेर पिउनुहोस्। यसको लगातार सेवन गर्नाले मोटोपनबाट छुटकारा पाउँछ।

– दाँतको गिजा सुन्निने वा दुख्ने जस्ता समस्या छ भने मन तातो पानीमा केहि थोपा ज्वनोको तेल मिसाएर मुख कुल्ला गर्नु होस्। यसले सुन्निने वा दुखेको समस्या कम गर्छ।

– ज्वनोले खोकीलाई ठिक गर्छ। यदि तपाइँलाई खोकी लागेको छ भने ज्वनोको रसमा दुई चिम्टी कालो नुन मिसाएर यसको सेवन गर्नुहोस् र यसपछी तातो पानी पिउनुहोस्। यसले खोकीलाई ठिक गर्छ।

– रुघा र ज्वरोलाई हटाउनको लागि ज्वनो एक अचुक औषधी हो।

त्यस्तै यदि चिसो लागेको छ भने ज्वनो चपाएर पानीका साथ निल्नुहोस्। यसले एकदम राहत मिल्छ।यसरी ज्वनोको सेवनले ग्यास, कब्जियत, एसीडीटि जस्ता समस्यालाई दुर गर्ने देखि पेट सफा गर्न र मोटोपन घटाउन सम्म मद्धत गर्छ।

ज्वनोको पानी बनाउने विधि: एक गिलास पानीमा एक चम्चा ज्वनो राखेर रातभरी भिजाउने। बिहान उठेपछी यो पानीलाई १/२ मिनेट जति उमाल्ने र मन तातो भए पछी छानेर पिउने। नियमित ज्वनो पानी पिउँदा पेटसम्बन्धी सम्पूर्ण समस्याहरु हट्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्