थप उपचारको लागि प्रधानमन्त्री ओली बिहीबार सिंगापुर जाने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ।

यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनाइनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ।

स्वास्थ्य उपचार गरी फर्किएको दुई दिनपछि ज्वरो आएपछि उनले दिनभर आराम गरेका थिए ।  प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए । सामान्यतया प्रत्यारोपण गरेको १० वर्षपछि औषधी फेर्ने गरिन्छ । ओलीले अघिल्लोपटक सिंगापुर जाँदा औषधी फेरेको बताइएको छ । त्यही औषधीले राम्रोसँग काम नरेपछि प्रधानमन्त्री ओली फ्लोअपका लागि फेरि सिंगापुर जान लागेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसबीचमा नेकपाभित्र एकताका लागि जटिल भनिएका काम पनि टुंग्याएका छन् । उनले आजै पनि नेकपाको सचिवालय बैठक बोलाएका छन् । बैठकमा एकताका लािग बाँकी रहेका काम पूरा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै सर्वदलीय बैठक पनि बोलाएका छन् । साँझ ५ बजे बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा सत्य निरुपण तथा मेलमिलाप र  वेपत्ता छानविन आयोगका पदाधिकारी पूर्ति, समसामयिक राजनीतिक विषय र आफ्नो स्वास्थ्य अवस्थाको बारे छलफल हुने अनुमान गरिएको छ । सिंगापुरबाट उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले आइतबार संसदलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...