विहे गरेको तीन बर्षपछि छवी–शिल्पाको विहेको तस्विर भाईरल



हाम्रो इकोनोमि

 

 

विहे गरेको तीन बर्षपछि निर्माता छवी ओझा र अभिनेत्री शिल्पा पोखरेलका विवाहका तस्बिर  पहिलोपटक सार्वजनिक भएका छन् । २०७३ असार २९ गते भएको उनीहरुको विवाहका तस्विरहरु यतिवेला सार्वजनिक भएका हुन् ।

करिब महिनादिनदेखि सम्बन्ध विच्छेदको तयारीमा रहेका निर्माता ओझा र अभिनेतृ पोखरेलको तस्विर सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्माता ओझा र नायिका पोखरेलबीच सम्बन्ध विच्छेदको फाइल अघि बढिसकेका बेला निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाको इन्ट्रीले नयाँ मोड लिएको हो ।

श्रीमती हेमा ओझाले छवी र शिल्पाविरुद्ध बहुविवाह सम्बन्धी मुद्दा दर्ता गराएकी थिईन् । हेमाको मुद्धासँगै अदालतले अनुसन्धानको लागि पक्राउ पुर्जि जारी गरेपश्चात शिल्पा बचाउका लागि निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पुगेकी थिइन । शिल्पालाई उच्च अदालतबाट शिल्पाले मागे अनुसारको आदेश एिन ।

लगत्तै उनी सर्वोच्च अदालत पुगेकी थिईन् । सर्वोच्चले शिल्पालाई अनुसन्धानको लागि पक्राउ नगर्नु भनी आदेश दिईसकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त आदेश दिएको थियो । सर्वोच्च अदालतले आफ्नो आदेश उपर छलफलको लागि भदौ १५ गते हेमा ओझा ,छवी ओझा र शिल्पा पोखरेल तीनैजनालाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...