प्रभु साहले दिए प्रदेश अध्यक्षबाट राजीनामा



हाम्रो इकोनोमि

 

पार्टी शीर्ष नेताको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै नेकपा प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीबाट आजित बनेका साहले मंगलबार विहान प्रचण्डलाई नै राजीनामा बुझाएका छन् ।

साह पूर्वमाओवादीभित्र मधेश क्षेत्रका प्रभावशाली नेता हुन् । तर पछिल्लो समय अध्यक्ष दाहालले उनलाई उपेक्षा गर्दै आएका थिए । उनीभन्दा जुनियरलाई पार्टीको स्थायी कमिटी सदस्य बनाइएको छ भने उनलाई प्रदेश अध्यक्षमा सिमित गरिएको थियो । पार्टी स्थायी कमिटीमा नपरेपछि उनी असन्तुष्ट बनेका थिए । साहलाई स्थायी कमिटीमा ल्याउन प्रयासा भएपनि अन्तिम समयमा स्थायी समितको सूचिबाट नाम हटाइएको थियो । त्यो बेला पार्टी एकीकरणलाई सार्थक बनाउन आफु मौन बसेको प्रतिक्रिया दिएका छन् ।

साहलाई प्रदेश अध्यक्ष बनाएपनि भूमिका विहीन बनाइएको थियो । प्रदेश कमिटीदेखि जिल्ला कमिटी चयनसम्म उनलाई थाहा नै नदिई अध्यक्ष प्रचण्ड आफैले नाम तय गरेका थिए । प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएको भन्दै उनले असन्तुष्टी पोखेका छन् ।

‘पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण भएन’ साहले छोटो प्रतिक्रिया दिँदै भने ‘प्रदेश अध्यक्षको रुपमा मैले अगाडि बढाएका हरेक काममा नेतृत्व तहबाटै असहयोग र चौतर्फी घेराबन्दी भयो । मैले राजीनामा दिँए ।’ जिल्ला कमिटी चयनपछि साहले प्रदेशभर प्रशिक्षण चलाउन खोजेका थिए । तर अन्तिम समयमा प्रचण्डले प्रशिक्षण रोको थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...