पुर्वयुवराज पारसलाई असनको साँढेजस्तै छाड्ने होईन जे’ल हाल्नुपर्छ



हाम्रो इकोनोमि

 

 

हिजो दिउँसो देखि चर्चामा रहेको विषय पुर्वयुवराज पारस शाहले विमानस्थलमा डिउटीमा रहेका सुरक्षाकर्मी माथि हात उठाए । अहिले पूर्वयुवराज शाहलाई गिर’फ्तार गर्न सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेताले माग गरेका छन् ।

 

अधिवक्तासमेत रहेका नेकपा नेता सुरेन्द्र बस्नेतले पारसलाई तत्काल गिर’फ्तार गर्न माग गरेका हुन् । उनले पटक पटक गल्ती गर्दा पनि उन्मुक्ति पाएको भएपनि अब भने कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

बस्नेतले राजकाजमा रहेका बेला विगतमा गायक प्रवीण गुरुङ हत्या, अर्का गायक रामकृष्ण ढकालमाथिको अ’त्याचार लगायतका घटनामा शाहलाई उन्मुक्ति दिइएको बताएका छन् । पारसलाई यसपटक छोड्न नहुने उल्लेख गरेका छन् ।‘

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिर’फ्तार गरी कारबाही गरियोस् उनले माग गरेका छन् ।

विगतमा प्रवीण गुरुङको ह’त्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कु’टपि’ट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि कु’टपि’ट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा थरीथरीका चर्चा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...