यी हुन् सालिकरामले भिडियोमा नाम लिएकि अस्मिता कार्की!



हाम्रो इकोनोमि

 

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरी चितवन पुर्याइसकिएको छ । उनकाे तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेकाे थिएन । उनलाई अहिले चितवन प्रहरी हिरासतमा राखिएकाे छ ।

स्रोतका अनुसार आ त्मह९त्या गरिएको भनिएका पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आत्म ह त्या गर्नुको पछाडि मुख्य कारकमध्ये कार्कीको नाम पनि मुछिएको थियो । आत्म ह त्या गराउन दुरुत्सहन गर्नेलाई पनि दोषी ठहर्याउने व्यवस्था ‘मुलुकी अपराध संहिता ऐन २०७४’ले व्यवस्था गरिएको छ । याे कानून गत भदाैबाट लागू भएकाे हाे ।प क्राउ गरिएका कार्की पेशाले नर्स रहेकी छन् भने उनको घर ओखलढुंगा हो । सार्वजनिक भिडियोमा ‘मलाई यो अवस्थामा पुर्याउनुमा रूकु भन्ने अस्मिता कार्की हो, उनको घर ओखलढुंगा रावादोलु हो । उनको नागरिकताको नाम रुकु कार्की हो । उ वीपी स्मृति अस्पतालमा काम गर्छिन्,’ उल्लेख छ । उक्त रावदोलु गाविस हाल खिजीदेम्बा गाउँपालिकामा गाभिएको छ ।

कार्की, पत्रकार रबि लामिछाने र युवराज कँडेललाई उनले ‘अप राधी’ हुन् भनेका छन् । तीनै जना मिलेर आफूलाई फसाउन खोजेपछि आफूले यो बाटो लिन विवश भएको कुरा रुँदै १२ मिनेट ३५ सेकेन्डको भिडियोमा भनिएको छ । ‘नेपालमा कानून छ भने रबि लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई कारवाही होस्’ भन्ने रेकर्ड पनि भिडियोमा पाइन्छ । भिडियोलाई आधार मान्ने हो भने तीनै जनामाथि दु रुत्सहन कसुर अभि योग लाग्ने सम्भावनालाई नकार्न सकिँदैन ।

भिडियो रकेर्डमा देशमा फाँ९सी दिने कानून थियो भने तीनै जनालाई फाँ९सी दिएर मात्र आफ्नो आत्माले सन्तुष्टी पाउने ‘विश्वास’ गरिएको छ । प क्राउ परेकी कार्की बीपी स्मृति अस्पतालमामा कार्यरत रहेको भिडियोमा सुनिन्छ । जो जतिसुकै नाम चलेको भएपनि कानूनको नजरमा दो*षी देखिएपछि जोकोही पनि कानूनको दायरामा ल्याएरै छाड्ने चितवन प्रहरीको दाबी छ । प क्राउ परेको लामिछाने न्यूज २४ टेलिभिजनबाट प्रसारित ‘जनतासँग सिधा कुरा’ कार्यक्रमका प्रस्तोता हुन् । तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएकाे छ । रबि लामिछानेका समर्थकहरुले भने लामिछाने निर्दाेष रहेकाे र रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय, अदालत अगाडि प्रदर्शन गरिरहेका छन् ।

यस्तो दिइन अस्मिताले बयान : प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...