प्रधानमन्त्री ओलीले भने नो राईनो, गैडाज,गैडाज



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताउनुभएको छ । “अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संसोधन गर्छौं ।”

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताउनुभएको छ । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराउनुभएको छ । “यो राइनो हैन गैंडा हो गैंडा” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।”

नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमाल मध्ये धेरै वटा नेपालमै रहेको बताउनुभएको छ । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।”

प्राकृतिक सम्पदा,हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनु पर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ । “हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...