शालिकराम पुडासैनी काण्ड, चितवनमा शान्ति र्‍याली



 

शालिकराम पुडासैनी काण्डमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले दिनदिनै प्रदर्शन गर्न थालेपछि चितवनका होटेल व्यवसायीहरूले ‘चितवन सुरक्षित छ’ भन्दै शान्ति र्‍याली निकालेका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले सोमबार बिहान चितवनमा भइरहेको पछिल्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएको भन्दै र्‍याली निकालेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दीपक ढकालले जानकारी दिए ।

साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएपछि विषयले अर्कै रुप लिएको छ । सामाजिक सञ्जालमा चितवन सुरक्षित छैन भन्ने अफवाह फैलिएकाले त्यसलाई चिर्न सोमबार शान्ति र्‍याली निकालिएको ढकालले बताए ।

‘पछिल्लो घटनापछि सामाजिक सञ्जालमार्फत चितवन सुरक्षित छैन भनेर जुन अफवाह फैलिएको छ त्यसैलाई चिर्न हामीले शान्ति र्‍याली निकालेका हौँ’, अध्यक्ष ढकालले बताएका छन् ।

उनले चितवन सुरक्षित रहेको र होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए । उनले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू आफ्नो पाहुनालाई सुरक्षित रुपमा राख्न प्रतिवद्ध रहेको पनि बताएका छन् ।

सामाजिक सञ्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

संघका अध्यक्ष ढकालले प्रशासनलाई पनि शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । पुडासैनीले ज्यान दिएको प्रकारणमा स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाको दोषी छिट्टै पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको माग रहेको ढकालले बताए ।

पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ति र्‍याली पुलचोक, चौविसकोठी हुँदै केन्द्रीय बस टर्मिनल भरतपुर पुगी फेरि चौविसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिए ।

पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पहिलोपटक अदालतबाट थपिएको ५ दिनको म्याद भाेलि मङ्गलबार सकिदैछ । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि चितवन पुगेको छ ।

चितवनमा रविका समर्थकले उनी निर्दोष छन् भन्दै उग्र प्रदर्शन गरेपछि प्रशासनले कडाइ गरेको छ । आइतबार सर्वपक्षीय बैठक बसेर यस्ता प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अराजकता फैलाउने ९ वटा युट्युव कारवाहीमा

    प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको

कांग्रेस सांसद बजगाईंले मागे माफी

    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्

माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ