नियमित शारीरिक सम्पर्क ले यी रोगबाट छुटकारा मिल्छ



 

आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा दुई–तीन पटक सेक्स गर्दा विभिन्न रोगका लागि फाइदाजनक हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । कुनकुन रोगमा औषधि बन्छ त सेक्स ? केही यहाँ चर्चा गरिएको छ ।

हाम्रो समाजमा यौनलाई लज्जाको विषय मानिन्छ, र यसलाई नितान्त गोप्य राख्ने गरिएको छ । सामान्यत : हामी यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने एउटा प्रक्रिया मात्रै ठान्छौं । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।

टाउको दुख्ने : नेशनल सर्वे अफ सेक्सुअल एटिट्युड्स एन्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका बिरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । उक्त सोधले के पनि बताएको छ भने महिनामा पाँच÷छ पटकभन्दा कम सेक्स गर्नेहरूलाई माइग्रेन हुने सम्भावना अधिक हुन्छ ।

ब्लड प्रेसर : यसैगरी ब्लड प्रेसर (उच्च रक्तचाप)का बिरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दाबी छ ।

प्रोस्टेट क्यान्सर : नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने दाबी शोधकर्ताले गरेका छन् । महिनामा नियमित वा कम्तीमा २१ पटक सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरूको दाबी छ ।

हार्ट अट्याक : नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका सन्तुलन रहने हुँदा हार्ट अट्याक (हृदयघात)को कम हुने चिकित्सकहरू बताउँछन् ।

मोटोपन : मोटोपनको समस्यामा हुनेहरूले नियमित सेक्स गरे फाइदा पुग्ने बताइएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउने उत्तम उपाय भएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग