विवाहपछि युवती मोटाउनुको कारण यस्तो छ



हाम्रो इकोनोमि

 

अपवाद बाहेक अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् । आज हामीले त्यही खोजबाट पत्ता लागेको तथ्य यहाँ उल्लेख गरेका छौं।

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित अनुसन्धानको नतिजा अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ ।यस्तै अर्को एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

किन बढ्छ त तौल ?

हर्मोनल चेन्ज : अध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।

निन्द्रा नपुग्नु : विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

तनाव : विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।

सोचमा परिवर्तन : मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

उमेरको असर : आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...