एक कान दुई कान शारिरीक समन्धका कुरा एकपटक पुरै पढ्नुहोस्



 

आजकाल एउटा विषय-वस्तुले मलाई सताइरहेेको छ, अनि केही सोच्न र लेख्न बाध्य बनाइरहेको छ । त्यो विषय हो- विवाहइतर सम्बन्ध । मेरो छिमेकमा यस्तै घटना भयो । श्रीमान विदेश गएको बेला श्रीमती अर्कै पुरुषसँग नजिक भइन् । यो कुरा घरपरिवार हुँदै विदेशिएका श्रीमानले सम्म थाहा पाए ।

श्रीमान फर्किएपछि उनलाई स्वीकार्न मानेनन् । दुवैको छोडपत्र भयो । श्रीमानले अर्को बिहे गरे । उनी घरपरिवारबाट विछोड भएर एक्लो जीवन बाँचिरहेकी छन् ।
यस्ता घटना खोज्न हामी टाढा जानु पर्दैन । हाम्रै घरपरिवार र समाजको सत्य घटना हो यो । एकछिनको आवेशले हाम्रो जीवनको सबै खुसी तहसनहस गरिदिएको छ ।
हामीलाई थाहा नै छ, हाम्रो देशको धेरै जनसङ्ख्या वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएको छ । श्रीमान एकातिर श्रीमती अर्कोतिर । यस्तो अवस्थामा श्रीमानलाई केटी साथी र श्रीमतीलाई केटा साथीको चाहना बढ्न थाल्छ । आफ्नो भौतिक आवश्यकता पूरा गर्न उनीहरू सक्रिय बन्न थाल्छन् ।

हुन त विदेशिएका श्रीमतीको परपुरुषसँगको सम्बन्धलाई मात्र विभिन्न सञ्चार माध्यममा हाइलाइट गरिएको छ, तर के ती श्रीमानहरू पत्नीव्रतमा सीमित छन् होला त ? यो प्रश्नले बारम्बार मेरो मस्तिष्कलाई झकझक्याउँछ । अनि आफै जवाफ खोज्न मन लाग्छ, ‘पक्का छैनन् ।’ उनीहरू पनि आफ्नी श्रीमतीझैं यौनको तिर्खा मेटाउन यत्रतत्र भड्किइरहेका हुन्छन् ।
भनाइ छ : सेक्स भोकजस्तै हो । जसरी भोक लाग्दा हामी खानेकुरा खान्छौँ, त्यसैगरी सेक्स गर्न पाउनु पनि मानव अधिकार हो । यो सृष्टिको जग हो । त्यही सेक्सको अपरिहार्य आवश्यकता पूरा गर्न हाम्रो समाजमा विवाहलाई वैधानिकीकरण गरिएको छ । तर बढ्दो महँगीसँगै दैनिक जीवनका आवश्यकता पूर्ति गर्न पैसाको खोजीमा अधिकांश श्रीमान बाहिरिएका छन् ।

श्रीमतीहरू नानी पढाउने भन्दै सहर पसिरहेका छन् । छोरा-बुहारी सम्झिँदै गाउँमा बुढाबुढी रोइरहेका छन् । श्रीमानले कमाएको पैसा गुटमुट्याएर परपुरुषसँग प्रेमसम्बन्ध गाँसेर मोजमस्ती गर्दै श्रीमतीहरू फरार भइरहेका छन् । अन्तिममा श्रीमानलाई हात लाग्यो शून्य । नत श्रीमती न सम्पति । त्यतिबेला टाउकोमा हात राखेर झोक्राउनु बाहेक श्रीमानसँग अरु उपाय हुँदैन ।
हाम्रो संस्कार अनुसार विवाहित महिला र विवाहित पुरुषले एकअर्कासँग यौनसम्बन्ध राख्नु पापकर्म हो । त्यसैले यो वर्जित छ, हाम्रो कानुनमा । तर लुकिछिपी भए पनि यो सम्बन्धले प्रश्रय पाइरहेको छ । हाम्रो समाज पितृसत्तात्मक भएकाले पुरुष महिलाहरूभन्दा बढी स्वतन्त्र छन् । त्यसैले बहुविवाह गर्दा पनि कसैले औँला उठाउन सकिरहेको छैनन् । यदि श्रीमतीले आफ्नो मनपरेको मान्छेसँग नजिक भएमा मात्र पनि नानाभाँती आरोप लगाइन्छ । घरबाट गलहत्याएर निकालिन्छ । अन्तिममा उनलाई घरको न घाटको बनाइन्छ ।

विश्व इतिहास पल्टाउने हो भने धेरै महान मानिस पनि यस्तो सम्बन्धको अघि झुकेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्सकीको प्रेम प्रसङ्गले एकपटक संसारभर चर्चा पाएको थियो । बिल क्लिन्टन विवाहित थिए । उनी हिलारी क्लिन्टनका श्रीमान थिए । बेलायतकी राजकुमारी डायना पनि यस्तो सम्बन्धमा खप्पिस थिइन् ।
पाकिस्तानी विदेश मन्त्री हिना रब्बानी खार विवाहित र बच्चाकी आमा भए पनि आफूभन्दा १२ वर्ष कान्छा विलावल अली भुट्टोको प्रेममा प“mसेकी थिइन् । विलावलले पनि रब्बानीका लागि आफ्नो बुबा आसिफ अली जर्दारीसँग सम्बन्ध बिगारेका थिए । मर्ने बेलामा पनि हिटलर भर्खरकी प्रेमिकासँग थिए भन्ने उनको जीवनीबाट थाहा पाउन सकिन्छ ।

विवाह अतिरिक्त क्रियाकलापले संसारलाई भित्रभित्रै हल्लाइदिएको छ । विश्व चर्चित रोमान्टिक कवि लर्ड बायरनलाई प्रेम गर्ने अधिकांश विवाहित महिला थिए भन्ने उनको जीवनीमा उल्लेख छ । विवाह अतिरिक्त क्रियाकलापले संसारलाई भित्रभित्रै हल्लाइदिएको छ ।
विवाह-इतर सम्बन्ध चुम्बकझैँ बनेको छ, हाम्रालागि । यसले समस्या निम्त्याउँछ भन्ने हामीलाई थाहा छ । तर पनि जानी-जानीहामी जोखिम मोलेर यो हवनकुण्डमा होमिइरहेका छौँ । वैदेशिक रोजगारमा जाने श्रीमान र श्रीमतीको घरपरिवारमा मात्रनभई स्वदेशमै पनि यो सम्बन्धले उत्कर्ष लिइरहेको छ । हामी यसको जञ्जालबाट उम्किन सकिरहेका छैनौँ ।

मानौँ, यो पहेलिकाको बीचमा हामी घर न घाटका भएरभड्किइरहेका छौँ र सही बाटो पहिल्याउनसकेका छैनौँ । आफू यो अवस्थामा छौँ भन्न पनि हामीलाई हिम्मत छैन र आफ्नो अवस्थालाई गुपचुप राख्ने प्रयत्न गरिरहेका छौँ । हामीले किन नबुझेको होला, वास्तविकता एकदिन छताछुल्ल भएर पोखिन्छ भन्ने ? हामी किन आँखा देख्दादेख्दै पनि दृष्टिविहीन भइरहेका छौं ?कुनै पनि काम गर्नु अघि त्यसको परिणामको बारेमा सोच्नसकेमा हामी आफ्नो धरातलबाट खस्किने थिएनौं कि ?

त्यस्तो सम्बन्ध पो राम्रो जसले कसैको भावनामा ठेस नपुर्‍याओस् । कसैको जिन्दगीसँग खेलवाड नगरोस् । घरबार नबिगारोस् । यस्तो कार्यबाट आउन सक्ने समस्यालाई प्राथमिक तहमै रोकथाम गर्न हाम्रोे गम्भीर सोचले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यो हामीसँग नैसर्गिक रूपमा जोडिएको संवेदनशील विषय हो ।

हामीले लुकाउनुको साटो एकापसमा साटासाट गरेर अन्तरक्रिया, छलफल गरेर केही हदसम्म भए पनि समस्या निराकरण गर्न सकिन्छ । सडक नाटकको माध्यमबाट गाउँका कुना-कुनामा यसबारे सन्देश प्रवाह गर्न सकिन्छ । आफ्नो समस्या नलुकाऊँ । व्यक्तिगत घटना नै सार्वजनिक अर्थात समाजको घटना हो ।

हामीलाई थाहै छ, समाज हाम्रै विस्तारित रूप हो । हाम्रो सकारात्मक कदमले समाजमा शान्ति ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले यो शान्तिपि्रय देशमा वैवाहिक अशान्ति छाउन नदिऔँ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग